भारतमा हाइटेन्सन तारमा रथ ठोक्कियो, ६ जनाको मृत्यु

भारतमा हाइटेन्सन तारमा रथ ठोक्कियो, ६ जनाको मृत्यु
फाइल फोटो

एजेन्सी : भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार ‘उल्टा रथ यात्रा’का दौरान रथ हाइटेन्सन तारमा ठोक्किंदा ६ जनाको मृत्यु भएको छ।

जगन्नाथ रथ यात्रा अन्तर्गतको यस उल्टा रथ यात्रामा भएको दुर्घटनामा अन्य १५ जना घाइते भएका छन्।

घटना त्रिपुराको राजधानी शहर अगरतलाबाट १२० किलोमिटर उत्तरपूर्वमा उनाकोटी जिल्लाको कुमारघाट क्षेत्रमा भएको हो।

अधिकारीका अनुसार धार्मिक यात्रामा देवता बोकेको रथलाई भक्तजनले तानेका बेला रथले हाइटेन्सन तारमा छुँदा रथमा आगो लागेको थियो।

घाइतेहरूलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ भने प्रहरीले दुर्घटनाको विषयमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जनाएको छ।

असार १४, २०८० बिहीबार १४:३५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।