ब्याच नम्बर ६९ : प्रहरीका हाकिमले अर्काको हिराको औँठी ‘मेरै हो’ भनेर लिएर हिँडिदिए
प्रहरीका लागि सबैभन्दा टाउको दुखाउने अपराध संगठित अपराध जस्तो लाग्नसक्छ। संगठित अपराधको अनुसन्धान चुनौतीपूर्ण हुन्छ नै। तर हैरानै पार्ने भन्ने हुन्न। सबैभन्दा हैरान बनाउने अपराधमा चोरी हो।
यसमा चोरले दिने हैरानी त छँदैछ, उजुरीकर्ताको बदमासी पनि उत्तिकै हुने। यति हैरान बनाउछन् उजुरीकर्ताले लेखेर साध्य छैन। यहाँ केही रमाइला घटना लेख्न मन लाग्यो।
पहिलो चाहिँ वैज्ञानिकबारे है। एक जना इसिमोडमा काम गर्ने वैज्ञानिकको डेरामा चोरी भयो। उनी भैँसेपाटीमा बस्ने रहेछन्। डेरामा चोरी भएको भने हो।
उनले तत्कालीन अपराध महाशाखामा आएर उजुरी दिए। उजुरी निकै गम्भीर। उजुरीमा उल्लेख भए अनुसार उनको डेरामा राजघरानाका पुराना गहनाहरू थिए, जुन अति मूल्यवान। उनले उजुरीमा चोरीएका सामानहरूको सूची पनि उल्लेख गरेका थिए।
उजुरीमा पूरै बहुमूल्य राजघराना कालदेखिको गहना भनेर लेखिएको थियो। तर सबै गहना नक्कली थियो। सामान फेला पारेपछि ती वैज्ञानिकलाई फोन गरेर सामान भेटियो भनेर जानकार दिँदा पनि लिनै आएनन्।
घटनाको प्रकृतिअनुसार यसले प्राथमिकता पाउने नै भयो। टोली नै बनाएर अनुसन्धान अगाडि बढ्यो। तर, चोर फेला परेनन्। अनुसन्धान के भयो भनेर कहिले गृह मन्त्रालयबाट फोन आउने कहिले नेताहरूबाट।
प्रेसर आएको आयै। यता टोलीले जति मिहेनत गरे पनि न चोर भेटियो न चोरीको सामान।
चोरी पिल्लरमा त्यो बेलामा डिएसपी हिमालय श्रेष्ठ थिए। त्यही शाखामा एक जना बस्नेत थरका सई थिए। उनी चोरी शाखामा काम गरेकै १३-१४ वर्ष भइसकेको।
कहाँ कसरी चोरी भयो अनि कुन-कुन सामान मात्र चोरी भयो भन्ने आधारमै उनी यो समूहले वा व्यक्तिले चोरेको हुनसक्छ भनेर आँकलन गर्नसक्ने।
काठमाडौं उपत्यकाका तीन जिल्लामा सक्रिय चोरहरू अनि उनीहरूको शैलीबारे उनी जानकार। अब यो अपराधै कस्तो भने लामो समय जेल नपर्ने। कि धरौटीमा छुटिहाल्ने। जेलै परे पनि छोटो समय जेल पर्ने अनि कहिले प्रजातन्त्र दिवस त कहिले गणतन्त्र दिवसमा माफि पाउनेहरूमा पनि चोरकै संख्या बढी हुने।
उनीहरू हिरासत वा कारगारमुक्त भए लगत्तै चोरीमा लागिहाल्ने। यसले पनि हैरान बनाउने हो प्रहरीलाई। तर, ती बस्नेतले बाटामा हिँड्दा भेटेकालाई पनि चिन्ने। उनलाई बाटामा देख्दा चोरहरू नै भाग्थे रे। त्यति अनुभवी। तर, यो मामिलामा उनको अनुभव पनि फेल खायो।
म अपराध महाशाखाको प्रमुख रहेसम्म ती वैज्ञानिकको चोरी घटनाको अनुसन्धान सफल भएन। उनले माथिल्लो तहबाट फोन गराएर ताकेता गराइरहेका थिए। अब भेटिएन त के गर्ने! अनुसन्धानै नगरेको भए पो दोष।
चोर र उनी दुवै जनालाई सँगै राखेर कुरा गराउँदा त चोर उल्टो ‘झुट बोल्ने अंकल, मैले कहाँ चोरेँ’ भनेर थर्काउँछ। सह-सचिव पनि बोलेनन्।
महाशाखाबाट सरुवा भएर गएपछि एक दिन चोरी पिल्लरबाट फोन आयो। ‘सर त्यो वैज्ञानिकको डेराबाट चोरी भएको गहना त भेटियो नै’ भन्दै हाँस्दै फोन आएको थियो।
के रहेछ त भनेर म पनि हेर्न गएँ। गहनाको पोकै चोरिएको सत्य रहेछ। तर गहना जस्ताको त्यस्तै। अर्कै चोरीको घटनाको अनुसन्धानको क्रममा पक्राउ परेका व्यक्तिको डेरामा सामान बरामद गर्न जाँदा त्यो पोको फेला परेको थियो।
यो के हो भनेर प्रहरीले सोध्दा ‘गहना हो तर कसैले किनेनन्’ भनेपछि प्रहरीले टोलीले आफूसँगै ल्याएको रहेछन्।
उजुरीमा पूरै बहुमूल्य राजघराना कालदेखिको गहना भनेर लेखिएको थियो। तर सबै गहना नक्कली थियो। सामान फेला पारेपछि ती वैज्ञानिकलाई फोन गरेर सामान भेटियो भनेर जानकार दिँदा पनि लिनै आएनन्।
यो मात्र हो र! चोरी गर्ने व्यक्तिबाट बरामद भएको सामान अनि परेको उजुरीबीच मेल नभएपछि कहिलेकाँही दुवै पक्षलाई सँगै राख्नुपर्ने पनि हुन्छ। त्यस्तोमा उजुरीकर्तालाई चोरले ‘उल्टो झुट बोल्ने अंकल’ भनेर गाली गरेका घटना पनि छन्।
एउटा यस्तै घटना। एक जना सह-सचिवको घरमा चोरी भएको उजुरी आयो। उजुरी अनुसार सम्भावित व्यक्ति खोज्ने क्रममा चोरीमा संलग्न पनि समातियो।
उसलाई जति केराकार गरे पनि चोरी गरेको स्वीकार्दै स्वीकार्दैन। उसको डेरामा खोज्दा पनि सहसचिवले दाबी गरे अनुसारका गरगहना लगायतकाहरू फेलै परेन। उसले कतै बेचेको पनि देखिएन।
अनि सह-सचिवलाई फोन गरेर ‘ल तपाईंको घरमा चोरी गर्ने व्यक्ति समातियो, सामान सनाखत गर्न प्रहरी कार्यालय आउनुस्’ भनेर बोलाउँदा आउनै मानेनन्। बल्ल-बल्ल उनी प्रहरी कार्यालय आए।
चोरले त ती प्रहरी अधिकृतलाई ‘झुट बोल्ने अंकल, तपाईंको दराजमा कहाँ सुनको गहना थियो?’ भन्दै उल्टै हप्काउँदै थियो। ती प्रहरी अधिकृत निलो अनुहार लगाएर सुनिरहेका थिए।
चोर र उनी दुवै जनालाई सँगै राखेर कुरा गराउँदा त चोर उल्टो ‘झुट बोल्ने अंकल, मैले कहाँ चोरेँ’ भनेर थर्काउँछ। सह-सचिव पनि बोलेनन्।
चोरले चोरी गर्न गएको हो तर गाडी खोल्दै गर्दा घरकाले थाहा पाएर हल्ला गर्दै बाहिर आएपछि भागेको बतायो।
‘तपाईंहरू बरन्डामा आएर हल्ला गर्न थालेपछि म भागेको हैन’ भन्छ। सह-सचिव बोल्ने हैन।
पछि पक्राउ परेको व्यक्ति सह-सचिवको घरमा चोरी गर्न त गएको तर गाडी खोलेर सामान चोर्न खोज्दा आवाज आएर घरका उठेपछि भागेको देखियो।
बेकारमा दु:ख मात्र दिए ती सह-सचिवले। चोरी नै नभएको गहना चोरी भयो भनेर उजुरी दिँदा उनलाई नै लाज मर्नु भयो नि! प्रहरीको श्रम पनि खेर गयो।
अर्को घटना पनि छ। यो चाहिँ प्रहरीका हाकिमकै है। यसमा नाम लेख्दिन। केवल घटना मात्र लेख्छु।
नेपाल प्रहरीको उच्च तहकै अधिकारीको घरमा चोरी भयो भन्ने सूचना आयो। उजुरी पनि आयो। चोरी भएको सामानको सूचीमा नगद र गहनाको सूची लामै थियो। हिराका सेट समेत उल्लेख थियो टन्नै।
अनुसन्धान अगाडि बढ्दा चोर समातियो। यसमा पनि केही गडबढ छ कि भन्ने लागेर चोर र उजुरीकर्ता दुवैलाई सँगै राखिदियौँ दुवै जना कुरा गरुन भनेर।
चोरले त ती प्रहरी अधिकृतलाई ‘झुट बोल्ने अंकल, तपाईंको दराजमा कहाँ सुनको गहना थियो?’ भन्दै उल्टै हप्काउँदै थियो। ती प्रहरी अधिकृत निलो अनुहार लगाएर सुनिरहेका थिए।
औँठी कसको खुलिसकेको थिएन। प्रहरी अनुसन्धानमै थियो। ती अर्का प्रहरीका हाकिमले जुनियर प्रहरीलाई हप्काएर ‘मेरो घरबाट चोरी भएको औँठी यही हो’ भनेर लगिदिएछन्।
उजुरी र बरामद सामानको विवरण मिलेन अनि चोरले जसरी आत्मविश्वासका साथ ‘मैले यो सामान त्यहाँबाट अनि त्यो सामान त्यहाँबाट झिकेको हो तर, दराज खोल्दा केही पनि भेटिएको थिएन हैन’ भन्दा उजुरीकर्ता चुप बसेपछि त गडबड रहेछ भनेर बुझ्नुपर्यो नि!
अर्का अधिकृतले हिराका सामानहरू समेत चोरी भयो भनेर लेखाएका थिए। तर, चोर फेला परे पनि हिराका गहना त फेला परेन। कतै बेचेको पनि देखिएन। हिरा त्यति सहजै बिक्री भइहाल्दैन नि सुन जस्तो।
प्रहरीका हाकिमको घरमा भएको चोरीको घटनाको अनुसन्धान पनि सफल भएन भन्दा त लाजमर्दो पनि हुनसक्छ नि! त्यही भएर मिहिनेत गरेरै सामान खोजी भएको थियो। तर, हिरा चोरिएको देखिएन।
अर्को एक घटनामा चोरीमा संलग्न व्यक्तिसँगै हिराको औँठी समेत फेला परेको थियो। तर, औँठी कसको खुलिसकेको थिएन। प्रहरी अनुसन्धानमै थियो। ती अर्का प्रहरीका हाकिमले जुनियर प्रहरीलाई हप्काएर ‘मेरो घरबाट चोरी भएको औँठी यही हो’ भनेर लगिदिएछन्।
यतिसम्म पनि गर्ने पनि संगठनमा थिए है।
(प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरी डीआइजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)
ब्याचका पुराना अंक
असार १३, २०८० बुधबार २१:१७:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।