रवि लामिछानेको सांसद् पद खारेजीको माग गर्दै दायर रिट खारेज

रवि लामिछानेको सांसद् पद खारेजीको माग गर्दै दायर रिट खारेज

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद् पद खारेजीको माग गर्दै दायर भएको रिट खारेज भएको छ।

अधिवक्ता युवराज सफलले निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरिदिएको सर्वोच्चको वेबसाइटमा उल्लेख छ।

अवैध नागरिकता प्रयोग, राहदानी दुरुपयोगलगायतका विषय उठाउँदै लामिछानेको पद खारेजीको मागसहित रिट हालेका थिए।

इजलासमा प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल थिए।

असार १३, २०८० बुधबार १६:४२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।