सुर्खेतका पालिकाका पुरानै ढर्राका बजेट, सिम्तामा सबैभन्दा कम

सुर्खेतका पालिकाका पुरानै ढर्राका बजेट, सिम्तामा सबैभन्दा कम

सुर्खेत : सुर्खेतका नौ वटै पालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याउँदा परम्परागत शैलीलाई नै अवलम्बन गरेका छन्।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेटमा उही पुरानै कृषि उत्पादन, शिक्षा, स्वास्थ्य सुधार, पर्यटन प्रवर्द्धन र राेजगारीलाई प्रमुख प्राथमिकतामा राखेर पालिकाले बजेट ल्याएका हुन्।

प्रदेशको राजधानी वीरेन्द्रनगरले केही नयाँ कार्यक्रमहरू ल्याए पनि अन्य पालिकाले पुरानै ढर्राबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्।

सुर्खेतमा चार नगरपालिका र चार गाउँपालिका छन्। जसमध्ये वीरेन्द्रनगर नगरपालिकाले सबैभन्दा बढी तीन अर्ब दुई करोड ६१ लाख ८९ हजार ९६७ रूपैयाँको बजेट ल्याएको छ।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले ६६ करोड ९८ लाख ३४ हजार बजेट ल्याउँदा पुर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाले ९७ करोड ९१  लाख ५० हजार बजेट ल्याएको छ।

भेरीगंगा नगरपालिकाले ६८ करोड ९९ लाख ८१ हजार वार्षिक बजेट प्रस्तुत गर्दा पश्चिममा पर्ने चौकुने गाउँपालिकाले ६६ करोड २९ लाख ७६ हजार बजेट ल्यायो।

यस्तै बराहताल गाउँपालिकाले ५९ करोड ५८ लाख ८७ हजार बजेट ल्याउँदा पूर्वी भेगमा रहेको सिम्ता गाउँपालिकाले ५८ करोड १७ लाख बजेट प्रस्तुत गर्यो।

यस्तै लेकबेसी नगरपालिकाले ६६ करोड ८१ लाख ७३ हजारको बजेट ल्यायो।

असार १२, २०८० मंगलबार १५:००:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।