नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ लिए

नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ लिए

काठमाडौं : सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ लिएका छन्।

शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन्।

शुक्रबार न्यायपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अनुमोदन भएका कार्की आजै राष्ट्रपतिबाट नियुक्त भएका हुन्।

प्रधानन्यायधीश कार्कीको शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाललगायत उपस्थित थिए।

आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवाबाट निवृत्त हुँदै छन्।

१ असार, २०८०, १८:१६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।