मधेशका मुख्यमन्त्रीलाई एमालेसहित सिंगो सदनकै विश्वासको मत

मधेशका मुख्यमन्त्रीलाई एमालेसहित सिंगो सदनकै विश्वासको मत

काठमाडौं : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रो पटक पनि सिंगो सदनबाट विश्वासको मत पाएका छन्।

मंगलबार मुख्यमन्त्री यादवले विश्वासको मत लिएकोमा प्रदेशसभा बैठकमा उपस्थित सम्पूर्ण सदस्यले उनको पक्षमा मतदान गरेका हुन्।

प्रदेशसभामा उपस्थित भएका १०३ जनाले नै उनको पक्षमा मतदान गरेका हुन्।

यसअघि पनि मुख्यमन्त्रीमा नियुक्त भएपछि विश्वासको मत लिँदा उनले सिंगो सदनको मत पाएका थिए।

जसपाको नेतृत्वको मधेस सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन्।

३० जेठ, २०८०, २१:५५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।