दुई आईजीपीसँगै र्‍याफ्टिङमा रमाए गृहमन्त्री श्रेष्ठ (तस्बिरहरू)

दुई आईजीपीसँगै र्‍याफ्टिङमा रमाए गृहमन्त्री श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं : गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज (बिहीबार) त्रिशुलीमा र्याफ्टिङ गरेका छन्। सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल र नेपाल प्रहरीका आईजीपी बसन्त बहादुर कुँवरसँगै नारायणकाजीले र्याफ्टिङको मजा लिएका हुन्।

सशस्त्र प्रहरी गोताखोर तालिमको समापनका क्रममा नारायणकाजी पनि र्याफ्टिङमा सहभागी भए।

बंगलादेशमा २५ जनालाई गोताखोर तालिम गराएर सुरु गरिएको यस तालिम हाल सशस्त्र आफैले दिने गरेको छ। सशस्त्रमा गोताखोर तालिमको यो तेस्रो ब्याज हो। हाल सशस्त्रमा ७४ जना गोताखोर रहेका छन्।

१८ जेठ, २०८०, ११:०४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।