भारतमा कूटनीतिको बिजोग, भारतको परराष्ट्रका सचिव बस्दा नेपालको प्रतिनिधि प्रचण्डको छोरी

भारतमा कूटनीतिको बिजोग, भारतको परराष्ट्रका सचिव बस्दा नेपालको प्रतिनिधि प्रचण्डको छोरी

काठमाडौँ : जम्बो टोलीसहित भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभालको भेटमा विदेश सचिव विनयमोहन क्वात्रा टिपोटका लागि बस्दा नेपालबाट भने खाली हात प्रचण्डको छोरी गंगा दाहाल बसिन्। 

गंगाको हैसियत प्रधानमन्त्रीको स्वकीय सचिव हो। यस्तो महत्त्वपूर्ण भेटमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि बस्नुपर्ने भए पनि प्रचण्ड नजिकै गंगा खाली हात बसेकी छिन्।।

प्रधानमन्त्री प्रचण्ड होटेल मौर्यमा बसेका थिए। त्यही होटेलमा भेटवार्ता भएको थियो।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड चार दिवसीय भ्रमणका लागि बुधवार  नयाँ दिल्ली पुगेका हुन्। आज बिहीबार भारतीय प्रधानमन्त्री मोदीसँग उनको महत्त्वपूर्ण छलफल हुँदैछ।

१८ जेठ, २०८०, ०६:२५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।