सरकारी प्रतिवेदन नै भन्छ- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल असुरक्षित छ

सरकारी प्रतिवेदन नै भन्छ- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल असुरक्षित छ

काठमाडौँ : सरकारी प्रतिवेदनले नै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल असुरक्षित देखाएको छ। तर सरकारले

सन् २०२३ जनवरी १ बाट विमानस्थल सञ्चालनमा ल्याइसक्यो।

२०७८ माघ ९ गते विमानस्थलको स्थलगत निरीक्षणको क्रममा औँल्याइएको सुरक्षा जोखिम भने उस्तै छ।

पोखरा नागरिक उडड्यन कार्यालय तथा परिचालन तयारी र विमानस्थल स्थानान्तरण (ओआरएटी) पोखराका प्रमुखको समन्वयमा स्थलगत अनुगमन भएको थियो।

अनुगमनमा वायुसेवा सञ्चालक संघका कार्यकारी निर्देशक, बुद्ध एयर तथा यती एयरलाइन्सका वरिष्ठ अधिकृत तथा सोही एअरलाइन्सका अपरेशन इन्जिनियरहरु संलग्न थिए।

अनुगमनपछिको प्रतिवेदनमा विमानस्थलको रनवे १२ तिर मात्र प्यारेलल ट्याक्सी वे र अन्य दुई वटा लिंक ट्याक्सी वेको व्यवस्था भएको भन्दै रनवे ३० मा पुग्न रनवेबाटै जहाज जानुपर्ने अवस्था रहेको देखाएको थियो।

प्रतिवेदन अनुसार रनवे अकुपेन्सी समय बढी हुने र उडानमा विलम्ब हुन सक्ने सम्भावना देखिएको उल्लेख छ। 
रववे ३० सम्म पनि प्यारेलल ट्याक्सी वे व्यवस्था हुनुपर्नेमा त्यसो नभएको प्रतिवेदनमा उल्लेख छ। 

प्रतिवेदन अनुसार हेलिकप्टर पार्किङस्थलका लागि ठाउँ व्यवस्था नै गरिएन।एयरपोर्टमा कार्गो बुकिङ तथा टिकट काट्ने कोठाको पनि व्यवस्था नभएको टोलीले निरीक्षणपछि तयार पारेको प्रतिवेदनमा उल्लेख छ। 

टोलीले स्थलगत निरीक्षणपछि तयार पारेको प्रतिवेदनमा उल्लिखित टिप्पणी

-जहाजका ग्राउण्ड इक्युपमेन्टहरू GPU, Tow Tugs, tractor, cflb_, Ladder आदि राख्न Equipment Yard को व्यवस्था नभएको।

-पोखरा night stop वा base station मा बस्ने जहाज तथा temporary line maintenance office खडा गर्न वायु सेवा कम्पनीहरूलाई line maintenance office को लागि ठाउँ उपलब्ध नभएको ।

-विमानस्थलको टर्मिनल भवनको प्रवेशद्वारमा Canopy को उचित व्यवस्था नहुँदा मनसुनको समयमा यात्रीहरू भिज्ने समस्या रहेको।

-टर्मिनल भवनको पछाडिको भागमा रहेको Arrival Luggage Conveyor Belt Luggage Inward Equipment राखेको भागमा पर्याप्त छाना नहुँदा पानीको बाछिटाले हान्ने र सामग्रीहरू चाँडै बिग्रिन सक्ने। 

-आन्तरिक टर्मिनल भवनमा प्रतीक्षा गर्न राखिएका कुर्सीहरूसमेत पर्याप्त नभएको। जसकारण उडान ढिला हुँदा यात्रुहरूले कुर्सीसमेत नपाउने अवस्था छ। 

-अन्तर्राष्ट्रिय उडान भर्ने वायुयानको पार्किङ गर्न ३ वटा र आन्तरिक उडान भर्ने साना ठूला जहाज गरी ८ वटा पार्किङ वे मात्र रहेको।यसले बढ्दो चापलाई थेग्न नसकिने।

१७ जेठ, २०८०, १४:३३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।