राष्ट्रपतिको कार्यालयमा थन्किएको नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपतिको कार्यालयमा थन्किएको नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्।

अघिल्लो संसदको कार्यकालमा दुवै सदनबाट पारित भएर राष्ट्रपतिको कार्यालयमा थन्किएको विधेयक राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेका हुन्।

यसअघि संघीय संसद्को दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलोपटक फिर्ता गरेकी थिइन् भने दोस्रोपटक पुनः पारित भएर आएको विधेयकलाई बेवास्ता गरिदिएकी थिइन्।

त्यसपछि सो विधेयकबारे सार्वजनिक चर्चा सेलाएको थियो। यद्यपि, पौडेल राष्ट्रपति निर्वाचित भएर आएपछि विधेयकबारे चासो राख्दै छलफल चलाएको थियो।

हैसियत के हुने भन्ने बारेमा फरकफरक मत सार्वजनिक भइरहेको बेलामा मन्त्रिपरिषद्ले केही दिनअघि विधेयक प्रमाणीकरणका लागि आग्रह गरेको थियो।

१७ जेठ, २०८०, १२:०९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।