तीन ठेकेदार कम्पनीबाट दिक्क ललितपुर महानगर, सात दिनभित्र हाजिर हुन उर्दी

तीन ठेकेदार कम्पनीबाट दिक्क ललितपुर महानगर, सात दिनभित्र हाजिर हुन उर्दी

काठमाडौं : पटक–पटक प्रतिबद्धता जनाएर पनि काम सम्पन्न नगर्ने तीन निर्माण व्यवसायी कम्पनीबाट दिक्क भएर ललितपुर महानगरपालिकाले सात दिने सूचना जारी गरेको छ।

आइतबार महानगरले सार्वजनिक सूचना निकालेर कानून उल्लंघन गरेको र आफ्नै लिखित प्रतिबद्धता उल्लंघन गरेपछि विरुवा कन्स्ट्रक्सन, सीएम पवित्रा र महर्जन जेभीलाई सात दिन लिखित जवाफसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।

महानगरले ती कम्पनीहरूलाई कालोसूचीमा राख्नको लागि सिफारिस गर्नेसमेत चेतावनी दिएको छ। वस्तुनिष्ट आधार र कारणसहित फर्मको आधिकारिक प्रतिनिधि वा स्वयं उपस्थित नभएमा ठेक्का सम्झौता रद्द गरी थप कारबाही गर्ने उसले जनाएको छ।

महानगरभित्रका विभिन्न सडक कालोपत्रेको ठेक्का लगाएकोमा सन्तोषजनक काम नभएको, अपेक्षित प्रगति नभएको र निर्माण कार्य अलपत्र पारेको महानगरको दाबी छ।

१४ जेठ, २०८०, १७:१४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।