बागमती सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित

बागमती सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित

काठमाडौं : बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो।

यस्तै बैठकले मकवानपुर, चितवन, सिन्धुली र रामेछापका ५ वटा प्रहरी इकाई भवन निर्माणको लागि ६ करोड १५ लाख ५६ हजार खर्च गर्ने अख्तियारी दिने निर्णय पनि गरेको छ।

सरकारले ११ स्थानीय तहलाई स्थानीय विपद् कोषमा १ करोड रूपैयाँ जम्मा गर्ने र तीन पालिकालाई प्राकृतिक विपद् तथा जोखिम न्यूनीकरणका लागि १ करोड ९० लाख सशर्त अनुदान दिने भएको छ।

मन्त्रिपरिषद्ले सुत्केरीको मृत्युपछि सिन्धुली अस्पतालमा पुगेको क्षतिको मर्मतका लागि अस्पताललाई १० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ।

१४ जेठ, २०८०, १६:२२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।