सानिमा बैंकको शाखा अब सुनवलमा पनि

सानिमा बैंकको शाखा अब सुनवलमा पनि

काठमाडौं : सानिमा बैंकले नवलपरासीको सुनवलमा शाखाबाट सेवा विस्तार गरेको छ।

शुक्रबार शाखाको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरे।

उद्घाटनमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे पनि सँगै थिए।

उद्घाटन समारोहमा मह जोडीले नयाँ शाखा कार्यालय सञ्चालन गरेकोमा बैंकलाई बधाई दिँदै सबल अनि विश्वसनीय सेवालाई निरन्तरता दिन शुभकामना दिए।

बैंका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय र १२२ वटा एटीएमअ सञ्चालनमा छन्।

जेठ १३, २०८० शनिबार १०:१६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।