१६ गतेभित्र छात्रवृत्ति दिएका विद्यार्थीको विवरण पठाउन संस्थागत विद्यालयलाई महानगरको निर्देशन

१६ गतेभित्र छात्रवृत्ति दिएका विद्यार्थीको विवरण पठाउन संस्थागत विद्यालयलाई महानगरको निर्देशन

काठमाडौं : काठमाडौं महानगरपालिकाले पालिकाभित्र सञ्चालित संस्थागत विद्यालयलाई जेठ १६ गतेभित्र छात्रवृत्तिको विवरण पठाउन निर्देशन दिएको छ।

महानगरको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ बमोजिम संस्थागत विद्यालयले १० प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति जेठ १५ गतेभित्र वितरण गरी जेठ १६ गते कार्यालय समयभित्र महानगरलाई जानकारी गराउन निर्देशन दिएको हो।

साथै महानगरले नियमावलीको नियम ५९ बमोजिम छात्रवृत्ति पाउने विद्यार्थीको नामावली विद्यालयको वेबसाइटमा प्रकाशन गर्नसमेत आग्रह गरेको छ।

तोकिए बमोजिमको समयमा छात्रवृत्ति वितरण नगर्ने विद्यालयको विवरण सार्वजनिक गरिने चेतावनीसमेत महानगरले दिएको छ। वडाध्यक्ष र जनप्रतिनिधिलाई यस कार्यमा सहयोग तथा अनुगमन गर्नसमेत महानगरले अनुरोध गरेको छ।

१० जेठ, २०८०, ०८:११:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।