फाइनलमा पुग्न गुजरातलाई १७३ रनको लक्ष्य, धोनी दोस्रो बलमै आउट

फाइनलमा पुग्न गुजरातलाई १७३ रनको लक्ष्य, धोनी दोस्रो बलमै आउट

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी सिजनका लागि फाइनल पुग्न डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले १७३ रनको लक्ष्य पाएको छ।

चेन्नईको घरेलु मैदान एमए चिदम्बरम स्टेडियम चेपौकमा टस हारेर पहिला ब्याटिङमा तानिएको चेन्नई सुपर किंग्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएपछि गुजरातले १७३ रनको लक्ष्य पाएको हो।

चेन्नईका लागि रुतराज गाइक्वाडले ६० रनको अर्धशतकीय पारी खेले। ४४ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे। यस्तै, डेभोन कोनवेले ४०, रविन्द्र जडेजाले २२, अम्बाती राइडू र अजिन्क्या रहानेले समान १७–१७ रन बनाए।

शिवम् दुवे ३ बलमा १ रन खेलेर आउट भए। कप्तान महेन्द्रसिंह धोनी पनि २ बलमा १ रन बनाएर आउट भए। मोहित शर्माको बलमा प्रहार गरेका उनी गुजरातका कप्तान हार्दिकको हातबाट क्याचआउट भए।

बलिङतर्फ मोहित शर्मा र मोहम्मद सामीले समान दुई–दुई विकेट लिँदा, दर्शन नाइकन्डे, राशिद खान र नूर अहमदले समान एक–एक विकेट लिए।

गुजरातले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। आजको खेल जित्ने सिधै फाइनलमा जानेछ भने हार्ने टोलीले इलिमिनेटरबाट फाइनल पुग्ने बाटो खुलै रहनेछ।

यसअघि भएको गुजरात र चेन्नईका तीन खेलमा तीनै खेल गुजरातले जितेको छ।

९ जेठ, २०८०, २१:४०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।