पपुवा न्युगिनीका प्रधानमन्त्रीले मोदीको खुट्टै छोएर स्वागत गरे

पपुवा न्युगिनीका प्रधानमन्त्रीले मोदीको खुट्टै छोएर स्वागत गरे

पपुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मारेपले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खुट्टा नै छोएर उनलाई स्वागत गरेका छन्। 

मोदी आइतबार साँझ पपुवा न्युगिनी पुगेका हुन्। 

उनलाई राजधानी पोर्ट मोरेस्बीमा मारेपले स्वागत गरेका थिए। मारेपले मोदीलाई विमानस्थलमा नै गार्ड अफ अनर दिएका थिए। इन्डो प्यासिफिक क्षेत्रमा भारतीय प्रधानमन्त्रीको यो पहिलो भ्रमण हो।

समाचार एजेन्सी एएनआईका अनुसार पपुवा न्युगिनी सरकारले आफ्नो परम्परा तोड्दै प्रधानमन्त्री मोदीलाई स्वागत गरेको हो।

७ जेठ, २०८०, २२:४९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।