वार्नर र जडेजाको हाँसो छुटाउने हर्कत (भिडियो)

वार्नर र जडेजाको हाँसो छुटाउने हर्कत (भिडियो)

एजेन्सी : आईपीएल २०२३ को शनिबार दिउँसाे दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच खेल भयाे।

खेलमा चेन्नई सुपर किंग्सले ऋतुराज गायकवाड र देवेन कोनवेको अर्धशतकीय इनिङ्सको आधारमा २० ओभरमा ३ विकेट गुमाएर २२३ रन बनाएर दिल्लीलाई जितका लागि २२४ रनको लक्ष्य दिए।

चेन्नई सुपर किंग्सले दिएको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सको सुरुवात खराब रह्यो र ओपनर पृथ्वी शा मात्र ५ रन बनाएर आउट भए। यसपछि दिल्लीलाई पाँचौं ओभरमा थप दुई झट्का लाग्यो।

यसै क्रममा यस ओभरमा एउटा रमाइलो घटना पनि देखियो, जसको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

दिपक चाहर दिल्ली क्यापिटल्सको इनिङ्सको ५औं ओभर बलिङ गर्न आएका थिए। डेभिड वार्नरले छक्का लगाएर चाहरलाई स्वागत गरे। उनले अर्को बलमा चौका प्रहार गरे।

तेस्रो बलमा वार्नरले एक रन लिए। बल एक्स्ट्रा कभरमा उभिएका मोइन अली भएको तर्फ गयाे। उनले थ्राे गरे। मोइनको थ्रो विकेटमा लागेको भए वार्नर प्याभिलियन फर्किने थिए।

मोइन अलीको थ्रो पछि वार्नरले दोस्रो रन लिन खोजे र अजिन्क्या रहाणेलाई चिढाउने प्रयास गरे। रहाणेले बल थ्रो गरे तर वार्नर पहिले नै क्रिज भित्र पुगिसकेका थिए। रहाणेको थ्रो जडेजा भएको ठाउँमा पुग्यो।

यसपछि जडेजाले थ्रो गरेको जस्तो अभिनय गरे, अर्कोतर्फ क्रिज बाहिर उभिएका वार्नरले जडेजालाई जिस्काउन थाले र तरबार हल्लाएजसरी ब्याट हल्लाए। वार्नरलाई यस्तो गरेको देखेर जडेजा हाँसे। यहि भिडियो अहिले सञ्जालमा भाइरल छ।

The mind-games have hit a new high here in Delhi 😃#TATAIPL | #DCvCSK | @imjadeja | @davidwarner31

Watch the Warner 🆚 Jadeja battle here 🎥🔽 pic.twitter.com/o5UF6U2sAY

— IndianPremierLeague (@IPL) May 20, 2023

खेलको कुरा गर्ने हो भने चेन्नई सुपर किंग्सले दिएको लक्ष्यको जवाफमा दिल्ली क्यापिटल्सको टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो।

दिल्लीका लागि डेभिड वार्नरले एक इन्ड सम्हाले पनि अन्य ब्याट्सम्यानको साथ भने पाउन सकेनन्। वार्नरले ८६ रनको इनिङ खेले। चेन्नईका लागि दीपक चाहरले ३ विकेट लिए।

यो जितसँगै चेन्नई सुपर किंग्स प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ। अर्कोतर्फ प्लेअफको दौडबाट बाहिर रहेको दिल्ली क्यापिटल्सले हारसँगै सिजनको अन्त्य गरेको छ।

६ जेठ, २०८०, २१:१५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।