'अरू देशको शरणार्थी बनाएर सम्पत्ति कमाउने धन्दामा लागेका कसैलाई छाडि्दिनँ'

'अरू देशको शरणार्थी बनाएर सम्पत्ति कमाउने धन्दामा लागेका कसैलाई छाडि्दिनँ'
फाइल तस्वीर

बनेपाः उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश कमिसन र भ्रष्टाचारको जालो नियन्त्रण गर्नुपर्ने बताएका छन्। 

भ्रष्टाचारलाई कारबाही र नियन्त्रण गर्दै सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको पक्षमा काम गर्नु आजको आवश्यकता भएको उनको भनाइ थियो। 

प्रेस सेन्टर नेपाल बागमती प्रदेशको धुलिखेलमा आज भएको वार्षिक साधारणसभामा सम्बोधन गर्दै उनले भ्रष्टाचारको जालोलाई तोड्ने गरी काम गर्न सके मात्रै सामाजिक र आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्र पार्न सकिने बताए।

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारीको नियन्त्रण र सुशासन स्थापनालाई समृद्धिको पूर्वशर्त बनाउन आवश्यक रहेको भन्दै सुशासन र विकासको लक्ष्य प्राप्त गर्नेतर्फ अगाडि बढ्न आवश्यक रहेकामा जोड दिए। 

आफ्नै देशको नागरिकलाई अनागरिक बनाएर र अरू देशको शरणार्थी बनाएर पैसा र सम्पत्ति आर्जन गर्ने धन्दामा लागेकाहरूलाई कारबाहीको दायरामा ल्याउने पहलकदमी गरिरहेको र ल्याइछाड्ने उनले अठोट गरे। 

६ जेठ, २०८०, १८:०९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।