शाहरुख खान चम्किएपछि पञ्चावले १२ बलमै बनायो ४६ रन, राजस्थानलाई कडा चुनौती

शाहरुख खान चम्किएपछि पञ्चावले १२ बलमै बनायो ४६ रन, राजस्थानलाई कडा चुनौती

इन्डियन प्रिमियर लिग २०२३ को ६६ औं खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्सलाई जितका लागि १८८ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनायो।

जितेश शर्माले ४४ रनको पारी खेले भने साम करनले ३१ बलमा ४९ रन बनाए। राजस्थानका नवदीप सैनीले ३ विकेट लिए।

यो खेल धर्मशाला मैदानमा भइरहेको छ। राजस्थान रोयल्सले टस जितेर फिल्डिङ रोजेको हो।

खेलको पहिलो पावरप्लेमा पञ्जाबले औसत सुरुवात गरेको थियो।

टोलीले पहिले ६ ओभरमा तीन विकेट गुमाएर ४८ रन बनाएको थियो। प्रभसिमरन २, अथर्व तायडे १९ र कप्तान शिखर धवन १७ रन बनाएर आउट भएका थिए।

टोलीका लागि ट्रेन्ट बोल्ड, नवदीप सैनी र एडम जम्पाले विकेट लिए।

तर पाँचौँ नम्बरमा आएका साम करनले जबर्जस्ती पारी खेले। धर्मराइरहेको पञ्जावको अवस्था उकास्न उनले ४ चौका र २ छक्का पनि बनाए। उनी नटआउट रहे।

त्यस्तै शाहरुख खानले आज पञ्जावलाई ठूलो इनिङ बनाउन महत्वपूर्ण योगदान दिए। २३ बलमा ४१ रन बनाएका उनले २ छक्का र ४ चौका प्रहार गरे। 

खेलको अन्तिम २ ओभरमा पञ्जावले ४६ रन बनाएपछि उसको ठूलो स्कोर बनेको हो। साम करन र शाहरुख खानले लगातार छक्का चौका चुटेका थिए। यस क्रममा राजस्थानका फिल्डरहरूले पटक पटक क्याच छोडेका थिए। 

 

५ जेठ, २०८०, २१:४७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।