फरार भनिएकी मञ्जु संसद्मा नीति तथा कार्यक्रम सुन्दै

फरार भनिएकी मञ्जु संसद्मा नीति तथा कार्यक्रम सुन्दै

काठमाडौँ : श्रीमान् बालकृष्ण खाँण पक्राउ परेसँग सार्वजनिक कार्यक्रममा नदेखिएकी मञ्जु खाँण संसद्मा भने सहभागी भएकी छन्।

राष्ट्रपतिले संसद्मा पेस गरेको नीति तथा कार्यक्रम सुन्न उनी संसद्मा सहभागी भएकी हुन्।

पूर्व गृहमन्त्रीसमेत रहेका खाँण पक्राउ परेपछि उनी भूमिगत भएकी समाचार बाहिरिएको थियो। पक्राउ परेर हिरासतमा रहेका श्रीमान् भेट्नसमेत खाँण गएकी छैनन्। 

नक्कली भुटानी प्रकरणमा ६ करोड रकम लिएको अडियो सार्वजनिक भएपछि आरजु राणासँगै उनले पनि सो अडियो नक्कली भएको दाबी गरेकी थिइन्। 

५ जेठ, २०८०, १७:१५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।