मिथिलाञ्चलमा आज बटसावित्री पर्व मनाइँदै

मिथिलाञ्चलमा आज बटसावित्री पर्व मनाइँदै

काठमाडौं : मिथिलाञ्चलका महिलाले आज पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख सम्बृद्धिका लागि बटसावित्री (बरसाइत) पर्व मनाउँदै छन्।

जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ।

आज बिहानै नुहाइ रातो, पहेंलोसहित विभिन्न रङको पहिरनमा नजिकको वर (बट)को रुखमुनि बसेर नवविवाहितले आफ्ना पतिका साथ पूजा गर्दैछन्।

उपलब्ध भए वर र पीपल दुवैसँगै भएको ठाउँमा वा नभए वरको रुखमुनि पीपलको हाँगा गाडेर भए पनि वर र पीपल दुवैको उपस्थितिमा पति पत्नी मिलेर पूजा गर्ने चलन छ।

नवविवाहिता महिलाले पहिलो वरसाइत (बिहेपछि आउने पहिलो पर्व) अनिवार्य रुपमा ससुराल (श्रीमान्को घर) मै मनाउनुपर्छ। बिहीबार नहायखाय (स्नान गरी सात्विक भोजन) गरेपछि लुगादेखि चुरासम्मका सबै शृङ्गार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ। 

५ जेठ, २०८०, ०८:२२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।