भैरहवामा नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान : ओर्लन मिल्ने, चढ्न काठमाडौं नै आउनुपर्ने

भैरहवामा नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान : ओर्लन मिल्ने, चढ्न काठमाडौं नै आउनुपर्ने

काठमाडौं : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट बनाएर सेवा सुरु गर्ने भएको छ।

अन्तर्राष्ट्रिय उडानविहीन बनेको विमानस्थललाई ट्रान्जिट बनाएर एयरलाइन्सले यहि जेठ २९ गतेबाट सेवा सुरु गर्न लागेको हो।

निगमले तत्कालका लागि काठमाडौं–क्वालालम्पूर–भैरहवा–काठमाडौं उडान हप्तानमा एउटा मात्र तय गरेको छ।

बजारको माग र निगमको बनार व्यवस्थापन अनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई भैरहवाबाट उडानको संख्या बढाउने निगमका आश्वासन छ।

अहिले निगमले गर्न लागेको उडानले मलेसियाबाट भैरहवा आएर झर्ने यात्रुलाई मात्र सजिलो हुने भएको छ। भैरहवाबाट मलेसिया जानको लागि यात्रुहरू काठमाडौं नै आउनुपर्ने हुन्छ।

निगमले मलेसियाबाट भैरहवाका लागि १२ हजार ७ सय रुपैयाँ भाडा तोक्दा मलेसिया–भैरहवा–काठमाडौंको भाडादर भने १४ हजार ७२० रुपैयाँ तोकेको छ।

यसअघि जजिरा एयरलाइन्सले कुवेतबाट–भैरहवा सिधा उडान गरेको थियो। जसले कुवेतबाट भैरहवा आउने र भैरहवाबाट कुवेत जाने यात्रुलाई काठमाडौं आवतजावत गर्नुपर्ने झन्झट थिएन।

४ जेठ, २०८०, १८:४९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।