काठमाडौं महानगरले करदातालाई १९ हजार रुपैयाँ फिर्ता गर्ने

काठमाडौं महानगरले करदातालाई १९ हजार रुपैयाँ फिर्ता गर्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले एक करदातालाई १९ हजार रकम फिर्ता गर्ने भएको छ।

महानगरको १५औं नगरकार्यपालिकाको बैठकले करदातालाई १९ हजार ४३० रुपैयाँ ४२ पैसा फिर्ता गर्ने निर्णय पारित गरेको हो।

महानगरको वडा नम्बर १० का सुरेन्द्र शाहलाई उक्त रकम फिर्ता गर्न लागिएको महानगरको राजश्व विभागका सहायक निर्देशक रामजी श्रेष्ठले जानकारी दिए।

महानगरलाई २ हजार १५८ रुपैयाँ ५८ पैसा सम्पत्ति कर बुझाउनुपर्नेमा शाहले २१ हजार ५८९ रूपैयाँ बुझाएकाले १९ हजार ४३० रुपैयाँ फिर्ता गर्न लागिएको उनले बताए।

यस्तै महानगरले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दासमेत दायर गर्ने भएको छ।

महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले नगरकार्यपालिका बैठकमा संघीय सरकारविरुद्ध मुद्दा दायर गर्न लागेको जानकारी बैठकमा गराएका थिए।

४ जेठ, २०८०, १६:२९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।