ब्याच नम्बर ६९ः शरणार्थी प्रकरणमा पैसा लिने नेता जोगिने, उठाउने बिचौलिया जेल जाने हुनसक्छ

ब्याच नम्बर ६९ः शरणार्थी प्रकरणमा पैसा लिने नेता जोगिने, उठाउने बिचौलिया जेल जाने हुनसक्छ

पञ्चायतकालमा प्रहरीमा भर्ना भएँ। प्रजातन्त्र अनि गणतान्त्रिककालसम्मै प्रहरी संगठनमा रहेँ।

३० वर्षको यो समय र कालखण्डका घटना र भ्रष्टाचारको जालो छेउमा उभिएर देख्ने व्यक्ति हुँ। यस्ता घटनाबारे थोरै भए पनि जानकार छु।

राज्यस्रोतमा भएको बदमासी अनि तमासाको साक्षी हुँ म पनि।

यस्ता केही घटनाको साक्षी पनि भएँ, जानकार पनि। जसलाई नेताहरूले कहिले आन्दोलनको आवरणमा त कहिले प्रशासनिक र राजनीतिक निर्णय छुट्याएर आफ्नो अपराध र काला पृष्ठभूमि लुकाए। 

अहिलेका राजनीतिक पार्टीका केही शीर्ष नेताका पञ्चायतकालीन अवस्थाको गतिविधिको त प्रत्यक्षदर्शी नै हुँ।

पञ्चायतकालमा यिनीहरूलाई सरकारी निकायबीच पत्राचार हुँदा अराष्ट्रिय तत्वको रूपमा सम्बोधन गरिन्थ्यो।

उनीहरूको बसाइ कमलपोखरीको धोबीधारा,क्षेत्रपाटी अनि पाटन लगायत क्षेत्रका छिँडीहरूमा हुन्थ्यो।

अराष्ट्रिय तत्व भनिएका धेरैको पकेट खर्च अञ्चलाधीश कार्यालयबाट गोप्य रूपमा आउने भत्ता नै प्रमुख थियो।

२०४६ मा राजनीतिक परिवर्तन पक्कापक्की भएपछि अञ्चलाशीशको कार्यालय अनि शरदचन्द शाहको घरमा आगो लाग्यो।

त्यो घटनालाई जनताको आक्रोशको आगोको रूपमा दिग्भ्रमित बनाए। तर त्यो आगलागीको उद्देश्य त्यो बेला बुझेका रसिदलगायत पञ्चायतसँगको सम्बन्ध खुल्ने प्रमाण नष्ट गर्नु थियो। 

उनीहरू सफल भए आफ्नो लक्ष्यमा। आफ्ना प्रमाण त नष्ट गराए, तर अञ्चलाधीश कार्यालयमा आगो लगाउँदा सर्वसाधारणका अत्यावश्यक सरकारी रेकर्डसमेत नष्ट भए। 

नागरिकताको रेकर्ड फेला नपर्दा लामो समयसम्म धेरै नागरिकले दुःख पाए। तर उनीहरूलाई नागरिकको दुःखसँग के को सरोकार! चासो थियो र, आफ्नो पोल खुल्ने प्रमाण नष्ट गर्नेमा उनीहरू सफल भए।

यो लेख्दा मलाई गणतन्त्रविरोधी भन्न पनि सक्छन्। तर चिन्ता छैन। सत्य यही हो। सत्य लेख्दा ट्याग लागे लागोस्। 

काठमाडौंको बसाइ भए पनि जनआन्दोलनका बेला मेरो पोस्टिङ लहानमा थियो। लहान राजमार्गमा हुँदा आन्दोलन सकिनासाथ पुर्वबाट काठमाडौ जाँदै गरेका गिरिजाप्रसाद कोइरालालगायत कम्युनिस्ट नेताहरूसँग भेट भएको र हुलिया र अवस्था मेरो मनमस्तिष्कमा छाप लागेर बसेको छ अहिलेसम्म। 

यी प्रधानमन्त्री, मन्त्री भए। समयक्रमअनुसार उनीहरू  प्रजातान्त्रिक पनि भए, गणतान्त्रिक पनि भए। तर उनीहरू जे-जे भए देशका लागि हैन, आफ्ना लागि भए। 

आफ्नो स्वार्थमा अवरोध हुनसक्ने निजामती प्रशासन पनि ध्वस्त बनाए, सुरक्षा निकाय थिलथिलो बनाए।

देशको माया भएको भए त उनीहरूले राज्य संयन्त्रलाई यति कमजोर बनाउँदैनथे। बलियो बनाउँथे। 

उनीहरूले राज्य संयन्त्रलाई कुन हदसम्म दुरुपयोग गरे अनि कुन हदसम्म अपराधीकरण गरे त्यो नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने भन्दै उठाएको रकम, संलग्नहरूको हैसियत र भूमिका अनि राज्य संयन्त्रको सहभागिताले नै देखाउँछ।

यो प्रकरणमा को-को संलग्न भन्ने नै भएन। को-को संलग्न छैनन् भन्ने पक्ष महत्वपूर्ण हो। जो-जो हिरासतमा पुगे तिनले मात्र यो हदसम्मको हिम्मत गरे भन्नेमा विश्वस्त हुन सक्ने आधारै छैन।

प्रधानमन्त्रीनिकट व्यक्तिहरू नै एकपछि अर्को गर्दै समातिनु, मन्त्रिपरिषद्मा प्रस्ताव पुगेर निर्णय हुनुले पनि यसको जालो कहाँसम्म पुगेको हो भन्ने प्रस्टै हुन्छ नै। 

तर हाम्रो राज्य संयन्त्र यति हदसम्म कमजोर बनिसकेको छ कि, यस्ता प्रकरणको मुल योजनाकारसम्म पुग्नै सक्दैनन्। किनकि कुनै न कुनै स्वार्थमा उनीहरूको सम्बन्ध पनि ती शक्तिकेन्द्रसँग जोडिएकै हुन्छ। या भोलि जोडिनुपर्ने हुन सक्छ।

यसको अर्को पक्ष भनेको संगठित अपराधको चरित्र पनि हो। जोडेर डोरी बनाउने साङ्लोजस्तै हो, यसको जालो। एउटासँग अर्को जोड्दै गए चाहेअनुसार डोरीको आकार बनाउन सकिन्छ। 

तर बीचमा चुँडियो भने डोरी बन्नै सक्दैन। यसमा एक प्रधानमन्त्रीको कार्यकालका व्यक्तिहरू जोडिने क्रम गृहमन्त्रीको सुरक्षा सल्लाहकार इन्द्रजित राईकोमा पुगेर अड्कियो। अर्थात् त्यहाँमाथि जोडिने तथ्य खुलेन। 

अर्को सरकारको पालामा संलग्नमध्ये एक तहमाथि गृहमन्त्रीसम्म पुग्यो। तर त्यो पनि त्यही अड्कियो। अर्थात् पक्राउ आरोपीबाट माथिसम्म जोडिने प्रमाण खुलाउन सकिएन। असहयोग भयो वा प्रमाण नष्ट भयो। 

धन्न यो प्रकरणमा गृहमन्त्रीसम्मका व्यक्ति अनुसन्धानको दायरामा आए। नेपाल प्रहरीको एपीसी तथा बन्दोबस्तीको सामान खरिद भ्रष्टाचार घटना हेरौँ त। 

गृहन्त्रालयको शाखासम्म पनि पुग्न सकेन। एक सिपाहीको सरुवा त एकल निर्णयमा गर्न नसक्ने गरी कमजोर बनाइएको प्रहरी संगठनले करोडौँको सामान गृहमन्त्री अनि गृहसचिवको अनुमति नलिई, छलफल नगरी हुन सम्भव छ ?

जसरी नक्कली शरणार्थी प्रकरणमा बदमासीको खेल कार्यदल गठनबाट शुरु गरियो, सुडान भ्रष्टाचारको खेल प्रहरी कर्मचारीको पारिश्रमिक काटेर बनाएको कल्याण कोषको रकम खर्च गर्नबाट शुरु भयो।

कसलाई, कतिमा ठेक्का दिने त्यसमा गृहदेखि प्रधानमन्त्री कार्यालयसम्म संलग्न भयो। तर कागजमा नदेखिनेगरी। उनीहरूकै योजनामा त्यत्रो घोटाला भयो। 

तर जेल जाने बेलामा प्रहरीमात्र गए। न प्रहरी संगठन हेर्ने शाखाका कर्मचारी जोडिए, न गृहसचिव, न गृहमन्त्रीसम्म पुग्यो अनुसन्धान। 

नक्कली शरणार्थी अनुसन्धानमा प्रहरी गृहमन्त्रीसम्म त पुगे, तर अनुसन्धानको क्रम त्योभन्दा माथि जाने सम्भावना देखिन्न। 

राज्य संयन्त्रको कुन तहसम्मका व्यक्ति यो प्रकरणमा जोडिएका छन् भन्ने यता तल्लो तहकाहरू भटाभट समातिँदा उता सिंहदरबार अनि बालुवाटारमा एकपछि अर्को बैठक हुनुले पनि देखाउँछ। अभियोजनसम्ममा तत्काल समस्या देखिन्न। तर त्यसपछिको घटनाक्रममा अझै विश्वस्त हुनसक्ने वातावरण देखिन्न।

त्यही अञ्चलाधीशको कार्यालय जलाएर गरिएको प्रमाण नष्ट वा सुडानकै शैली अपनाउन पनि सक्छन्।

ब्याचका पुराना अंक

१- गोपालजिजंग शाहको प्रश्नले पुर्यायो प्रहरीमा

- ..अनि भाग्ने योजना बनाएँ

३- दर्ज्यानी चिह्न लगाउँदा झण्डै बेहोस

४- बराल सरको संगतले अनुसन्धानको सीप सिकें

५- क्या विश्वास थियो प्रहरीको !

६- चिच्याउँदै प्रहरीहरू हाँडीगाउँतिर भाग्न थाले

७- उनको त्यो तस्बिर

८- पहिलो बढुवामै छुटेपछि मेरो दृष्टिकोणै बदलियो

९- सुन लिएर हवल्दार भागेपछि…

११- आफ्नै स्टाफले मेरो जासुसी गरे

१२- खरेलले भने- सर तपाईं त अर्कै खालको हुनुहुँदोरहेछ

१३- एक वर्षका लागि गएको १३ वर्ष पो बसें

१४- विजयकुमार गच्छदारले डिआइजीमा बढुवा गर्नै मानेनन्

१५- डन पत्रिकामा आएको समाचारले हेरोइनको अन्तर्राष्ट्रिय सञ्जालसम्म पुर्यायो

१६- विमानस्थलै तस्करलाई ठेक्का दिएको त्यो समय

१७- एभरेस्ट होटेलको गाडिमा २ सय ५० किलो चरेस ओसारियो

१८- साथीको हराएकी श्रीमती खोज्दै गडगडे पुग्दा चरेस तस्कर भेटिइन्

१९- चरेस, सुन र डलर तस्करीको जालो

२०- दरबारमा एडिसीले नै चरेस लगेर युवराज दीपेन्द्रलाई दिन्थे

२१- चरेस तस्करीमा जोडिएका एभरेष्ट होटलका सञ्चालक लारी आउँदै आएनन्

२२- व्यापारी मिलेर अफगानिस्तानको अफिम दाना नेपाल भित्र्याएको त्यो घटना 

२३- जापानको आपराधिक समूह याकुजाका तीनजना कार्यालयमै भेट्न आए

२४- नेपालमा गाँजा खुला गराउने राजनीतिक फन्डा मात्र हो, सम्भव छैन

२५- कांग्रेस सांसदको सुटकेसमा ३० किलो चरेस

२६- 'रामशरण महत' हेरोइन सहित अष्ट्रेलियामा समातिँदा..

२७- प्रहरीलाई चरेस ग्याँङमा पठाउँदा झन्डै ज्यान गएन

२८- जर्मन नागरिकको गाडी भत्काइसकियो, चरेस छैन त !

२९- जर्मन अदालतको त्यो बहस जसले पानी-पानी बनायो

३०- चरेस बोकेको छ भन्ने जान्दाजान्दै पनि धेरैलाई छाडियो

३१- अदालतले हेरोइन तस्कर रविन्सनलाई छाडेपछिको हंगामा

३२- ड्राइभरले सर्वोच्चको न्यायाधीशसँग सेटिङ मिलाएर कुख्यात तस्कर रविन्सन छुटाए

३३- अष्ट्रेलियाका रविन्सन भनेको त न्युजिल्याण्डका हेरोइन तस्कर स्टेभन पो रहेछन्

३४- ६ सय ६९ किलो चरेस क्यानडा पठाउन खोज्ने कुख्यात तस्कर सर्वोच्चबाट छुटेपछि

३५- कुख्यात चरेस कारोबारीलाई छाड्ने न्यायाधीश नै नेपालको पहिलो उपराष्ट्रपति बनेपछि

३६- व्यापारी मिलेर अफगानिस्तानको अफिम दाना नेपाल भित्र्याएको त्यो घटना

३७- जब डेनमार्कको टोली नै नेपाल आयो

३८- हजार बढी हेरोइन कारोबारी फन्दामा परेको अप्रेसन पेजर

३९- हेरोइनको कुख्यात तस्कर कपिलदेवले भने, 'ल म नेपाल आउँला'

४०- प्रहरी जवान नै लिएर गायब भए हेरोइन तस्कर असलम

४१- आँखै अगाडि तालिबानले गरेको त्यो सुसाइड आक्रमण

४२- काबुल एयरपोर्टमा टाँसिएको नेपाली महिलाको तस्बिरको रहस्य

४३- हेरोइन तस्करीमा जोडिएका पन्जाबी दाजुभाइले चित खुवाए

४४- पिछा गर्दागर्दै थापाथली चोकमा जर्मन तस्कर गायब

४५- तस्कर पछ्याउँदा प्रहरी टोलीले गरेको 'सिल्ली मिस्टेक'

४६- मिर्जा दिलसाद बेगको पोल खोल्दै बेलायतबाट आएको त्यो पत्र

४७- चार्ल्स शोभराजको कल डिटेल संगठनले पटक-पटक माग्यो तर मैले भएर पनि दिइनँ

४८- त्यसपछि अपराधीले मोबाइल बोक्नै छाडे

४९- विवाह गर्दै नेपाली महिला जापान लैजाने त्यो जापानिज

५०- सामान्य सूचना पछ्याउँदा विश्वको शक्तिशाली आपराधिक समूहका सदस्य फेला परे

५१- धन्न पेटमा हेरोइन लिक भएन, नत्र ठहरै हुन्थ्यो

५२- जापानमा एकाएक पत्रकारले घेरेपछि

५३- काठमाडौँमा समातिएका अपराधी रातारात भारत कसरी पुग्छन् ?

५४- कुनै बैंकको खाता रित्तै बनाउनेलाई पनि कारबाही गर्ने कानुनी आधार नबनाउने देश हो नेपाल

५५- प्रहरी हुँदैमा अपराध अनुसन्धान गर्न आउने भए गायन तालिम लिएका सबै लता मंगेशकर हुन्थे

५६- अन्तर्राष्ट्रिय तस्कर भागेपछि पाएको त्यो हन्डर

५७- तस्करको दराजमा सांसदहरुको रातो पासपोर्टको चाङ

५८- ताहाचलमा भेटियो तान्त्रिकको भेषमा अमेरिकी तस्कर

५९- प्रहरीले जाहेरी कुरेर बस्दा तमासा बन्यो पल शाह प्रकरण

६०- डेरा होला भनेको त चरेसको कारखानै रैछ

६१- बाफ रे, कोट भित्रको कपासमा एक किलो सेतो हेरोइन !

६२- फोनमा छोटा राजनले भन्यो- कुछ चिन्ता नही, सबकुछ होगा

६३- सिरियल किडन्यापर अमर टण्डनसँग दीपक मनाङेका केही गुण मिल्छन्

६४- अपराध अनुसन्धानका सबै प्रक्रिया सार्वजनिक गर्नैपर्छ र !

६५- आइजिपी बनाउने अधिकार प्रधानमन्त्री र गृहमन्त्रीको हातबाट फुत्केर शक्तिकेन्द्रमा पुगिसक्यो

६६- नेताले कुनै प्रहरी मेरो दलको हो नि भनेर च्याप्नु मूर्ख बन्नु मात्र हो

६७- सत्य हो, प्रहरीले चाहे निर्वाचनमा जित्ने उम्मेदवार हार्छन्, हार्ने जित्छन्

६८- गृहमन्त्रीहरूको भविष्य किन चौपट हुन्छ !

६९- आफ्नालाई नियुक्त गर्न एआइजी सिंहलाई बर्खास्त गरियो, परिणाम सुडान काण्डमा देखियो

७०- तीन आइजिपी लहरै जेल जाँदा गृहमन्त्रीहरू हाँस्दै रमिता हेरिरहेका थिए

७१- सुडान प्रहरीले हैन नेताले रचेको कान्ड थियो, तर प्रहरी मात्रै फसे

७२- सुजाताको ज्वाईलाई सुडान कान्डको बयानमा बोलाउने कसको हिम्मत!

७३- नेपालमा दाउद- छोटा राजनझैँ ग्याङवार दोहोरिने त हैन !

७४- व्यापारी अपहरणका योजनाकार गृहमन्त्रीको क्वाटरमा !

७५- अमेरिकी गुप्तचरले नेपालबाटै भारतीय गुप्तचरलाई भगायो

७६- हाम्रो ब्याच सुपरहिट हुन्छ भन्थे तर ..!

७७- मेसिनले विमानस्थलकै हाकिमले सुन लुकाएको देखाएपछि…

७८- प्रहरी सङ्गठनमा आपराधिक सूचना हैन त्यस भित्र 'अर्थशास्त्र' खोज्नेहरू बलिया हुँदै गए

७९- अमेरिकी ज्वाइँलाई  चरेस खोज्न ठमेलभरि घुमाउँदा...

८०- नक्कली अपराधी बनेका प्रहरी जब सक्कलीझैँ जेल पर्न थाले

८१- चरेस किन्न जाँदा अपराध महाशाखाको टोलीले पक्राउ गरेर लग्यो

८२- कार्गो र कुरियर भनेका लागुऔषध कारोबारी नै हुन् त?

८३- चरेस बेच्न आउनलाई टिमले यसरी गफमा भुलाए कि चिन्दै चिनेन

८४- जब निलो प्लेटको गाडी अन्तर्राष्ट्रिय कुख्यात तस्करको घरमा छिर्यो

८५- एनजिओको प्रतिनिधि बनेर मकवानपुरको गाँजा गाउँमा पुग्दा

८६- जब बारा-पर्सामा कांग्रेस गाँजा भित्रियो

८७- प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयले लागु औषध कार्यालय छाड्नै पर्ने बनायो

८८- एसएसपीलाई उनकै बडीगार्डले हत्या गर्न गोली हानेपछि..

८९- युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

९०- युनुस मार्न आएका सुटर मनमितको डायरीमा थप तीन जनाको नाम देखेपछि तनाव बढ्यो

९२- भारतीय कन्ट्रयाक्ट किलर मनमितले भन्यो' म त ग्यालेक्सीको स्टुडेन्ड, गीता म्यामले पढाएको'

९३- छोटा राजनले फोनमा भन्यो' वो मेरा बच्चा है, ख्याल रखना'

९४- युनुस घटनामा भारतीय सुरक्षा सङ्गठनको भूमिका देखेपछि प्रधानमन्त्रीलाई भने' योबारे भारतको प्रधानमन्त्रीसँगै कुरा गर्नुपर्यो'

९५- दूतावासका कर्मचारीलाई गोली हानेपछि पाकिस्तानी अधिकारीले रिसाउँदै भने 'भिड्ने भए बैंकक आउँ'

९६- मारवाडीदेखि भिक्षुसम्मलाई गोली हान्दै लुट्दै गरेर निर्दयी अपराधी समूहले हैरान बनाए

९७- सन्की बेरोजगार समूहको हातमा पेस्तोल पर्दा...

९८- पाँच जनाको हत्यामा संलग्न क्रूर सुटरले सजाय हैन राष्ट्रपतिबाट माफी पो पाए

९९- गृहमन्त्री गच्छदारले नै 'डिआइजीमा बढुवा हुन हेमन्तले ५० लाख घुस दिन आयो' भनेर हल्ला चलाए

१००- जसको आमा मारिइन् उनैको पैसाले अनुसन्धान गर्नुपर्दा बिजोगै भयो

१०१- ब्याच नम्बर ६९ : लाख कमाएर करोडौँको फुइँदिँदा अपहरणमा परेर झन्डै ज्यान गएन

१०२- ब्याच नम्बर ६९ : पाँचौँ दिनमा अनुसन्धान सफल होला भनेको त सिमपानीको जङ्गलमा शव फेला पर्यो, मनै खङ्ग्रङ्ङ भयो

१०३-प्रेममा शंका भएपछि विवेकले कामै गरेन, बेलायतबाट नेपाल आएर प्रेमिकालाई जंगलमा लगेर मारे

१०४- ड्याङ गोली चल्यो अनि रोजी पुर्लुक्क ढलिन्, न प्रेमीको बदला पुरा भयो न प्रेमिकाको ज्यानै रह्यो

१०५- भ्रष्ट र उद्दण्ड समाजले जन्माउने नेता रविजस्तै त हो नि

१०६-सुन र अफिमको कुरै छाडौँ, अब त अमेरिकाबाट नेपालमा गाँजा पो आउन थाल्यो !

१०७- ४० लाखमा तीन सय वर्ष पुरानो आकाश भैरवको मूर्ति किन्दा

१०८- युवतीले एक दिनका लागि भए पनि विवाह गरौँ भनेपछि…

१०९-ब्याच नम्बर ६९ : प्रधानमन्त्री पत्नीले ‘गृहमन्त्री र गृहसचिव त मैले बनाएको हो नि!’ भन्दै थर्काएपछि...

३ जेठ, २०८०, २३:००:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।