नक्सा पास नभएका भवनका लागि काठमाडौं महानगरले फेरि निकाल्यो ३५ दिने सूचना

नक्सा पास नभएका भवनका लागि काठमाडौं महानगरले फेरि निकाल्यो ३५ दिने सूचना

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरभित्र मापदण्ड अनुकुल भएका तर नक्सपास नभएका भवनहरूको नक्सा स्वीकृत र नियमित गर्न पुनः ३५ दिने सूचना निकालेको छ।

यसअघि भदौ २३ गते ९० दिनको सूचना निकालेको महानगरले बुधबार सार्वजनिक सूचना निकालेर माण्डदण्ड अनुकुल भएका तर नक्सापास नभएका भवनहरूलाई ३५ दिनभित्र नक्सा स्वीकृत र नियमित गर्न निर्देशन दिएको हो।

भदौमा निकालेको सूचनामा समयभित्र नक्सा स्वीकृत वा नियमित गर्न असमर्थहरूका लागि पुनः अनुरोध गर्दै सूचना निकालेको महानगरले जनाएको छ।

तोकिएको समयभित्र नक्सा पेस गरी नक्सा स्वीकृत वा नियमित नगराएमा त्यस्ता भवनहरूलाई स्थानीय  सरकार  सञ्चालन  ऐन,  २०७४  र  प्रचलित  भवन  निर्माण  सम्बन्धी मापदण्ड, भवन संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही गरिने महानगरको चेतावनी छ।

३ जेठ, २०८०, ०७:५२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।