बेंग्लोरसँग राजस्थानको लज्जास्पद हार, बटलर र जयसवाल शून्यमै आउट

बेंग्लोरसँग राजस्थानको लज्जास्पद हार, बटलर र जयसवाल शून्यमै आउट

इन्डियन प्रिमियर लिग (आईपीएल) मा गत सिजनको फाइनलमा पुगेको राजस्थान रोयल्सले घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ। टोली रोयल च्यालेन्जर्स बैंग्लोरसँग ११२ रनले पराजित भएको थियो। 

जयपुरको सवाई मानसिंह स्टेडियममा १७२ रनको लक्ष्य पछ्याएको आयोजक टोली ५९ रनमा मात्रै अलआउट भयो। आईपीएलको इतिहासमा यो तेस्रो सबैभन्दा सानो इनिङ्स हो।

दोस्रो सबैभन्दा कम स्कोर राजस्थानको नाममा छ। सन् २००९ मा टोली ५८ रनमा अलआउट भएको थियो। त्यसबेला पनि बेंग्लोर अलआउट भएको थियो। 

लिगको सबैभन्दा सानो स्कोरको कीर्तिमान बेंग्लोरको नाममा छ। बैंगलोर सन् २०१७ मा कोलकाताविरुद्ध ४९ रनमा अलआउट भएको थियो। 

यो जितसँगै बेंग्लोर तालिकाको पाँचौँ नम्बरमा उक्लिएको छ। टोलीको १२ खेलपछि १२ अंक छ। 

१७२ रनको लक्ष्यको जवाफमा राजस्थानले लगातार विकेट गुमायो। टोलीबाट सबैभन्दा ठूलो १९ रनको साझेदारी थियो, जुन अश्विन र शिमोरन हेटमायरले गरेका थिए। शिमरोन हेटमायरले सर्वाधिक ३५ रन बनाए। बाँकी ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। 

वायन पार्नेलले ३ विकेट लिए। माइकल ब्रेसबेल र करण शर्माले दुई-दुई सफलता हात पारे। सिराज र ग्लेन म्याक्सवेलले एक-एक विकेट लिए।

यसअघि बैंगलोरबाट कप्तान फाफ डु प्लेसिसले ५५, ग्लेन म्याक्सवेलले ५४ र अनुज रावतले अविजित २९ रन बनाएका थिए।

एडम जाम्पा र केएम आसिफले समान २-२ विकेट लिए।

३१ बैशाख, २०८०, १९:२४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।