खाँण पक्राउ परेपछि नेविसंघको विज्ञप्ति- ढाकछोप गर्ने र चोख्याउने काम नहोस्

खाँण पक्राउ परेपछि नेविसंघको विज्ञप्ति- ढाकछोप गर्ने र चोख्याउने काम नहोस्

काठमाडौं : नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई पनि चोख्याउने र जोगाउने काम नगर्न सरकारसँग माग गरेको छ।

बुधबार कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि एक विज्ञप्ति निकालेर संघले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोकोहीलाई ढाकछोप गर्ने र चोख्याउने काम नहोस् भन्दै सरकारको ध्यानाकर्षण गराएको हो।

कांग्रेससहितको सरकारले अघि बढाएको अनुसन्धान प्रक्रियाले आशाको सञ्चार गरेको भन्दै संघले अनुसन्धान टुङ्गोमा पुग्नुपर्ने माग गर्यो। कतैबाट पनि प्रभावित नभई सरकारले काम गर्नुपर्ने भन्दै उसले दोषीलाई कानूनबमोजिम कारबाही गर्नसमेत आग्रह गरेको छ।

२७ बैशाख, २०८०, १८:२४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।