रवि लामिछानेका सवारी चालकको उपचारका क्रममा मृत्यु

रवि लामिछानेका सवारी चालकको उपचारका क्रममा मृत्यु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापनि रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा (शम्भु) को उपचार क्रममा मृत्यु भएको छ।

वैशाख ४ गते लामिछाने उपचारका क्रममा चितवन गएका बेला घरको छतबाट खसेर उनी गम्भीर घाइते भएका थिए। 

चितवनको पुरानो मेडिकल कलेजमा टाउकाको शल्यक्रियापछि थप उपचारका लागि गत वैशाख ५ गते उनलाई मेडिसिटी ल्याइएको थियो।

मंगलबार दिउँसो २ बजेको समयमा उनको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। 

वैशाख १९, २०८० मंगलबार १५:२३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।