कांग्रेस उपसभापतिको प्रस्तावः देशको आर्थिक संकट टार्न बाँदर निर्यात गरौँ

कांग्रेस उपसभापतिको प्रस्तावः देशको आर्थिक संकट टार्न बाँदर निर्यात गरौँ
मंगलबारको संसद् बैठकमा बोल्दै कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङ

सत्तारुढ नेपाली क‌ांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधान गर्न बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद गुरुङले गाउँगाउँमा बाँदर आतंक फैलिएको भन्दै बाँदरलाई नै निर्यात गर्न सके मुलुकको आर्थिक संकट टार्न सकिने बताए। 

किसानलाई बाँदरले निकै दुःख दिने गरेका भन्दै उनले उक्त प्रस्ताव संसदमा राखेका हुन्।

'हामी निकै अफ्ठेरो अवस्थाबाट गुज्रिरहेका छौँ, मुलुक आर्थिक महासंकटमा परेको छ,' गुरुङले भने। ि

आर्थिक संकटको नाममा पुँजीगत खर्च कटौती गर्न खोजिएको पनि उनले आरोप लगाए। 

देशको आर्थिक संकटमोचनको उपाय खोजौँ भन्दै उनले अष्ट्रेलियाले पनि आर्थिक संकट टार्न लाखौं कंगारु मारेर त्यसको छाला निर्यात गर्न लागेको उदाहरण दिए। 

त्यस्तै श्रीलंकाले पनि हालसालै एक लाख बाँदर निर्यात गर्न लागेको उनले सदनमा बताएका थिए। 

उपसभापति गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि भ्रष्टाचार नियन्त्रण गर्नु पहिलो सर्त रहेको पनि बताएका थिए। 

वैशाख १२, २०८० मंगलबार १५:३८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।