अग्रता बढाउँदै उपेन्द्र, कटाए ११ हजार मत

अग्रता बढाउँदै उपेन्द्र, कटाए ११ हजार मत

काठमाडौं : जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले बारा-२ को उपनिर्वाचनमा अग्रताको मतान्तरलाई बढाइरहेका छन्।

ताजा परिणाम अनुसार उनले ३ हजार ९७२ मतको अग्रता कायम गरेका हुन्।

यादवले हालसम्म कुल ११ हजार ४३५ मत ल्याएका छन्। उनका निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले भने कुल ७ हजार ४६३ मत पाउँदा यादवले करिब ४ हजार बढी मतान्तरको अग्रता लिएका हुन्।

त्यसैगरी तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ४ हजार २१५ मत पाएका छन् भने रास्वपाका रमेश खरेल १ हजार ८७० मतसहित चौथो स्थानमा छन्।

१२ बैशाख, २०८०, ०९:२१:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।