तनहुँमा दोब्बरभन्दा बढि मनान्तरसहित स्वर्णिम अगाडि, नागरिक उन्मुक्तिका सुनारलाई १८ मत

तनहुँमा दोब्बरभन्दा बढि मनान्तरसहित स्वर्णिम अगाडि, नागरिक उन्मुक्तिका सुनारलाई १८ मत

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा ९ हजार १९८ मत ल्याएका छन्।

सोमबार विहान सवा ९ बजेसम्म उनले ९ हजार १९८ मत ल्याएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्दप्रसाद भट्टराईले ४ हजार २१३ मत ल्याए।

वाग्ले र भट्टराईबीचको मतान्तर ४ हजार ९८५ रहेको छ। यो मतान्तर भट्टराईले ल्याएको मतभन्दा पनि बढि हो।

एमालेका सवेन्द्र खनालले २ हजार ४३०, मंगल नेशल अर्गनाइजेसनका प्रेमबहादुर थापाले ७६, राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङले ३८ र नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले १८ मत ल्याएका छन्।

११ बैशाख, २०८०, ०९:३५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।