प्रचण्डको दाबी : चितवन-२ को उपनिर्वाचनमा गठबन्धनकै उम्मेदवारले जित्छन्

प्रचण्डको दाबी : चितवन-२ को उपनिर्वाचनमा गठबन्धनकै उम्मेदवारले जित्छन्

चितवन :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन-२ को उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको उम्मेदवारको जित हुने दाबी गरे। चितवनको कालिकामा बिहीबार आयोजित चुनावी सभामा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई खहरे र हुरीको संज्ञा दिए।

‘खहरे कहिलेकाहीँ उर्लिएर आउँछ, त्यसको केही समय पछि सुक्छ, खहरेसँग डराउनुपर्ने कुनै कारण छैन। आँधी हुरीसँग डराउनुपर्ने छैन’ उनले भने

उनले मङ्सिर ४ को निर्वाचनमा चितवन २ का मतदाताले गल्ती गरेको  दाबी गर्दै सच्याउनुपर्ने बताएका थिए। सम्बोधनमा उनले एमालेसँगको गठबन्धन बदलेर काँग्रेससँग गठबन्धन बनाउनुको कारण समेत प्रस्ट्याउने प्रयास गरेका थिए।

एमालेसँग मिलेर सरकार चलाउँदा गाह्रो भएको र काँग्रेससँग गठबन्धन बनेपछि ढुक्क भएको उनको दाबी थियो। 

७ बैशाख, २०८०, १९:१२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।