चितवन र धनगढीमा कोरोना संक्रमित एक-एक जनाको मृत्यु
काठमाडौं। चितवन र धनगढीमा एक-एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा आज बिहान कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको हो।
अस्पतालका सूचना अधिकारी मेखराज जोशीका अनुसार अस्पतालमा कोरोना संक्रमणका कारण उपचाररत ७३ वर्षीया वृद्धाको मृत्यु भएको हो।
कञ्चनपुरको भीमदत्त नगरपालिकाकी उनलाई चैत २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। मुटुको बिरामी समेत रहेकी उनको आईसीयूमा उपचार भइरहेको थियो।
उता चितवनमा भने कोरोना संक्रमित ६४ वर्षीय पुरुषको मृत्यु भएको भरतपुर मेडिकल कलेजले जनाएको छ।
मेडिकल कलेजमा उपचारारत महानगरपालिका -१० का उनको शनिबार राति मृत्यु भएको बताइएको छ।
वैशाख ३, २०८० आइतबार १०:२६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।