महालेखाले भन्यो- ‘प्रहरी अस्पतालमा एमआरआई सुविधा छैन, अस्पताल व्यवस्थापनको ध्यान जाओस्’

महालेखाले भन्यो- ‘प्रहरी अस्पतालमा एमआरआई सुविधा छैन, अस्पताल व्यवस्थापनको ध्यान जाओस्’

काठमाडौं : महालेखा परीक्षकको कार्यालयले नेपाल प्रहरी अस्पतालमा एमआरआई सुविधा नभएको भन्दै त्यसतर्फ ध्यान दिन व्यवस्थापनलाई सचेत गराएको छ।

बिहीबार ६०औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले अस्पतालका विभिन्न समस्या औंल्याएको हो।

अस्पतालले २०७२ मा खरिद गरेको इचेन टेस्ला १.५ एमआरआई मेसिनमर्मत सम्भारको अभावमा २०७७ पौषदेखि बन्द रहेकोले एमआरआई सुविधा उपलब्ध हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।

एमआरआई मेसिनमर्मत गरी सञ्चालनमा ल्याउन गत वर्ष नै स्मरण गराएको भन्दै महालेखाले स्वास्थ्य सेवा प्रवाह तथा क्षमता अभिवृद्धितर्फ व्यवस्थापनको ध्यान जानुपर्ने बताएको छ।

त्यसैगरी सर्वसाधारणको लागि अस्पतालकै फार्मेसी मार्फत सुलभ र गुणस्तरीय औषधि उपलब्ध गराउनुपर्ने भए पनि फार्मेसी सञ्चालन नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी अप्रेशन थिएटर, रेडियोलोजी, इण्डोक्राइन, न्यूरोलोजी, मानसिक, इकोकार्डियोग्राम, कार्डियाक, इन्डोस्कोपी, छालासम्बन्धी स्वास्थ्य सेवा प्रवाहको लागि अस्पतालले अन्यत्र अस्पतालहरूबाट विज्ञ चिकित्सकको सेवा लिन २० लाख भुक्तानी गरेको देखिएको छ।

चैत ३०, २०७९ बिहीबार १९:५४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।