फिल्म बहाव : दंगा फैलाउने नियतको फिल्म

फिल्म बहाव : दंगा फैलाउने नियतको फिल्म

काठमाडौं : कला सफ्ट पोलटिकल पावर हो। यसले मानिसको बिचार परिवर्तन गर्न ठूलो भुमिका खेल्छ। त्यसैले त यतिबेला विकसित देशहरू कलामार्फत नै युद्ध गरिरहेका छन्। 

चाइनाले कला क्षेत्रमा गरेको लगानी, कोरियाले छोटो समयमा कला क्षेत्रमा पाएको सफलता, जापानले कलामा गरेको प्राविधिक विकास यसका उदाहरणहरू हुन्।

हलिउडले निर्माण गरेको कल्पनाशीलता र बलिउडले पात्रलाई गरेको देवत्वकरणको प्रभावका आधारमा कला कत्तिको शक्तिशाली छ भन्ने आकलन सजिलै गर्न सकिन्छ।

तर यो सफ्ट पावरलाई गलत ठाउँमा प्रयोग गरियो भने यसले दंगा फैलाउन सक्छ। ठुलै दुर्घटना निम्त्याउन सक्छ। फिल्म ‘बहाव’ले पोलटिकल आइडोलोजीलाई यस्तै दंगा फैलाउने नियतले प्रस्तुत गरेको छ।

फिल्म बहावले देखाएको गलत राजनीतिक दृष्टिकोणमा भन्दा कति सेकेन्डको चुम्बन दृष्य छ भन्नेतिर दर्शक बरालिन्छन्। ‘चुप हैन चुप्पा, खाने हो?’ भन्ने संवादमा उनीहरु रमाउँछन्। 

बहावले क्रान्तिलाई पलायनवादसँग जोडेको छ। कम्युनिष्टहरु प्रगतिशील विचारधाराका हुन्छन्, डेमोक्य्राटसहरु पश्चगामी र पितृसत्तात्मक सोचका हुन्छन् भन्ने विचार विभिन्न दृष्यमार्फत देखाउने प्रयास गरेको छ। कलामार्फत निर्देशकले सिधै विचारधारामा राजनीति गरेका छन्।

कलामार्फत यो वाद सहि हो, त्यो गलत हो भन्नु कतिको जायज हो? कला जब एक विचारधारातिर ढल्कन्छ त्यो कला नभएर नारा बन्न थाल्छ। 

फिल्म बहाव नेपालका कम्युनिष्ट भनिएकाहरुको नारामा सिमित बन्न पुगेको छ, जसले क्रान्तिलाई पलायन सम्झन्छन्। तर संघर्षको नाममा पलायनलाई प्रोत्साहन गरेको छ।

दर्शक सकि नसकी उठेर बहावसँगै बग्न चाहन्छ तर बारम्बार पाखातिर धकेलिरहन्छ। दर्शकसँग भावनात्मक रुपमा जोडिन नसक्नु र कथासँगै दर्शकलाई बगाउन नसक्नु फिल्मको मुख्य कमजोरी हो। 

नेपालका फिल्म लेखकहरु भाग्यमानी छन्, किनभने यहाँ फिल्मलाई सस्तो मनोरञ्जनका रुपमा मात्रै हेरिन्छ। फिल्म बहावले देखाएको गलत राजनीतिक दृष्टिकोणमा भन्दा कति सेकेन्डको चुम्बन दृष्य छ भन्नेतिर दर्शक बरालिन्छन्।

‘चुप हैन चुप्पा, खाने हो?’ भन्ने संवादमा उनीहरु रमाउँछन्। कलामा खेलिएको राजनीतिप्रति वास्तै छैन।

यो त भयो, आइडोलोजीको प्रयोग। अब कुरा गरौं कथावस्तुका बारेमा।

सन्ध्या (सुरक्षा पन्त) को कथा हो यो। निजी कलेज पढ्ने, क्रान्तिका किताब पढ्ने युवतीको क्रान्तिकारी प्रेम कथा। आफूभन्दा कम हैसियतको युवकसँग प्रेममा परेकी सन्ध्याले प्रेमका लागि परिवारसँग गरेको क्रान्ति फिल्मको कथावस्तु हो।

पात्रहरु थोरै छन्, त्यसैले कथा यताउता मोडिएको छैन। तर जब फिल्म सकिन्छ, कथा के हो अलमल हुन्छ। 
फिल्म बग्न छाडेर भुमरी पर्छ तर त्यो भुमरीले दर्शकलाई आफूतिर खिच्नुको सट्टा पाखातिर पछारिदिन्छ। दर्शक सकि नसकी उठेर बहावसँगै बग्न चाहन्छन् तर कथाले बारम्बार पाखातिर धकेलिरहन्छ।

दर्शकसँग भावनात्मक रुपमा जोडिन नसक्नु र कथासँगै दर्शकलाई बगाउन नसक्नु फिल्मको मुख्य कमजोरी हो। 

फिल्ममा सुगा र मुख्य पात्रको कनेक्सन देखाइएको छ। यो नेपाली फिल्मका लागि नौलो प्रयोग त हैन तर सुगामार्फत उनको भावना देखाउन फिल्म सफल छ। 

उड्न खोज्दा भुइँमा बजारिन्छु कि भन्ने डर सुगालाई पनि छ र सन्ध्यालाई पनि। जुन फिल्मको अन्तिम दृष्यमा देखाइन्छ। ढोका खुला छाड्दा पनि सुगा उड्दैन।

फिल्मको फ्रेममा सन्ध्या सधैं लेफ्टमा मात्र देखिन्छिन्। विचारसँग फ्रेम मिलाउन निर्देशकले मिहिनेत गरेका छन्। तर दर्शकले नबुझ्नेगरी।

फिल्ममा सुरक्षाको अभिनय अब्बल छ। उनले आफ्नो भुमिकालाई न्याय गरेकी छन्। बाबुको भुमिकामा कमलमणी ठिकै छन्। आमा, भाइ, अंकलको अभिनयको कमजोरीले फिल्मलाई कसिलो र बलियो हुन दिएन।

पलायनको मार्ग परिवर्तनमा हवाई या सडक मार्ग हैन जलमार्गको प्रयोग गरेका छन्। वैचारिक फिल्म भएकाले निर्देशकले पात्रको यात्राको मार्ग बदलेर अहिलेको बाटोबाट परिवर्तन सम्भव छैन, बाटो बदल भन्ने सन्देश दिने प्रयास गरेको देखिन्छ।

पात्रकै कुरा गर्दा बहावका लागि सन्ध्याको पात्रमा सुरक्षा भन्दा अरू बिकल्प राम्रो हुनसक्थ्यो। सुरक्षा नै राख्ने हो भने पात्रअनुसार उसको परिपक्वता देखाउन सक्नुपर्थ्यो। काष्टिङ डिरेक्टर यो विषयमा चुकेकै हुन्। 

तर फिल्ममा सुरक्षाको अभिनय अब्बल छ। उनले आफ्नो भुमिकालाई न्याय गरेकी छन्। बाबुको भुमिकामा कमलमणी ठिकै छन्। आमा, भाइ, अंकलको अभिनयको कमजोरीले फिल्मलाई कसिलो र बलियो हुन दिएन।

फिल्ममा हरियो र रातो रंगको प्रयोगमार्फत कथा भनिएको छ। स्याडो र प्रकाशको कलात्मक प्रयोगबाट कथा भन्न खोजिएको छ। नेपाली फिल्मका लागि यस्तो मेहनत कमै देखिन्छ। कलरिङ भनेको फोटोसप गर्नु हो, प्रकाश दिनु भनेको अनुहार गोरो देखाउनु हो भन्ने भ्रमलाई यो फिल्म हेरेर केही हदसम्म फिल्मकर्मीले सिक्लान् भन्ने आशा गर्न सकिन्छ। 

फिल्म निर्माण पक्षलाई सबैभन्दा ठूलो डर दर्शकले सट नबुझिदिने हो कि, खिचाई नबुझिदिने हो कि भन्ने थियो। उनीहरुको डर वास्तविकतामा परिणत भएको छ। किनभने फिल्मको सटले कथा भन्दैन।

फिल्ममा रअ भ्वाइस प्रयोग गरिएको छ। नेपाली फिल्मको समस्या संवाद सम्प्रेषणमा छ। डबिङमा आधा इमोसन कम हुनजाने भएकाले फिल्म ठीकठाक भएपनि के के नपुगेजस्तो सुनिन्छ। यो समस्यालाई बहावले जस्तै लोकेसनकै आवाज प्रयोग गर्दा डबिङमा इमोसन हराउने समस्या समाधान हुनसक्छ। 

ब्याकग्राउन्ड म्युजिक र संगितको प्रयोगले फिल्मलाई अगाडि बढाएको छ।

फिल्मले एउटा विषयमा भने दर्शक झुक्याएको छ। ट्रेलर हेर्दा यो साइकोलोजिकल थ्रिलर फिल्म जस्तो लागेको थियो। तर यसमा मुख्य पात्र साइकोलोजीकल रुपमा पूर्ण ठीक छिन्। उनले हरेक पाइला योजनाबद्ध रुपमा अघि बढाएकी छिन्। तर उनको दिमागको उथलपुथललाई देखाउन गरेको प्रयोगले दर्शकलाई मिसगाइड गर्छ।

दिमागमा चलेका विविध कुराहरु र पागलपन फरक कुरा हो। स्ट्रेस, दिमागमा विचराहरुको आवतजावत भइरहेको अवस्था लगायतलाई साइको जसरी देखाउनु फिल्मको कमजोरी हो। इमोसनलाई दृष्यमा देखाउन असफल भएको हो। लेखक समेत रहेका निर्देशकले मनोविद्सँग परामर्श गरेको भए यो फरकपन सहजै पत्ता लगाउन सक्थे।

यो फिल्मको प्राविधिक पाटोको निकै चर्चा चलेको थियो, फिल्म प्रदर्शन हुनुभन्दा अघि। फिल्म निर्माण पक्षलाई सबैभन्दा ठूलो डर दर्शकले सट नबुझिदिने हो कि, खिचाई नबुझिदिने हो कि भन्ने थियो। उनीहरुको डर वास्तविकतामा परिणत भएको छ। किनभने फिल्मको सटले कथा भन्दैन।

फिल्ममा सन्ध्या कलेजबाट फर्कंदा घरमा अमेरिका बस्ने केटो माग्न आएको दृष्य छ। निकै लामो यो दृष्यमा ‘किचेन टु बेडरुम भ्लग’ बनाउँदा जत्तिको मेहनत पनि देखिएन। एउटै टाइट फ्रेममा लामो समयसम्म क्यामरा हल्लाएर दृष्य खिचिएको छ।

अन्य विधामा बनेका भन्दा फरक छ फिल्म। एकपटक हलसम्म गएर स्वाद लिंदा फरक पर्दैन। तर यदि तपाईंलाई मोसन सिकनेस छ भने पोलिथिन झोला बोक्न नबिर्सिनुहोला है त।

क्यामराको सामान्य नियम, रुल अफ थर्डको स्पेस मेन्टेन गरिएको छैन, कम्पोजिसन गलत छ, लाइट सेन्स जिरो छ, मिड सटमा मात्रै खिचिएको छ। हलको समस्या हो या खिचाइएको, पात्रहरुको टाउको काटिएको छ।

यसलाई देशको अस्थिरता देखाएको या पात्रको अस्थिरता देखाएको पटक्कै भन्न सुहाउँदैन। 

फिल्मका निर्देशकले पटक पटक भनेका छन्, हामीसँग हरेक सटको जवाफ छ। 

कला भनेको परिक्षा हैन, जसका लागि पाठ्यक्रमकै जवाफ चाहिन्छ। यो त स्वतन्त्र रुपमा हरेक दर्शकले फरक ढंगले बुझ्ने माध्यम हो। निर्देशकले भन्न खोजेको कुरा दर्शकले बिना कुनै ब्याख्या बुझे मात्रै निर्देशन सफल हुने हो। हरेक मानिसलाई तिम्ले बुझेनौ, यसले भन्न खोजेको यस्तो हो भनेर दृष्यमा कथा भनिएको छ भनेर व्याख्या गर्नुपर्यो भने त्यसलाई सफल निर्देशन मान्न सकिंदैन।

फिल्म दर्शकका लागि बनाउने हो। आफ्नो आत्मसन्तुष्टिका लागि हैन। 

नेपालमा एकखाले प्रवृत्ति छ, फिल्म बनाउने तर हलमा नलगाउने। विभिन्न महोत्सवमा या अवार्ड कमाउनेतिर लगाउने। 

यो झुण्ड हरेक चियागफमा नेपाली फिल्मलाई, दर्शकलाई गाली गर्छ। दर्शकको पहुँचबाट टाढा रहेका फिल्म बनाउने र नेपाली दर्शकको चेतना स्तरबारे प्रश्न गर्ने झुण्डभन्दा माथि छ फिल्म बहाव। 

फिल्म हलमा लागिसकेको छ, अन्य विधामा बनेका भन्दा फरक छ फिल्म। एकपटक हलसम्म गएर स्वाद लिंदा फरक पर्दैन। 

तर यदि तपाईंलाई मोसन सिकनेस छ भने पोलिथिन झोला बोक्न नबिर्सिनुहोला है त।

*हेडलाइन परिवर्तन गरिएको

२५ चैत, २०७९, ११:३९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।