मंगलबार २९ बैशाख, २०८३
देश सफा गर्ने हो भने नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्छ : बालेन शाह
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देश सफा गर्ने हो भने अब नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने प्रतिक्रिया दिएका छन्।
आज (शनिबार) बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यो धारणा राखेका हुन्। साथै उनले आजदेखि सिंहदरबारको फोहोर पनि नउठाउने बताएका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ।’

चैत २५, २०७९ शनिबार ०८:२९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।