‘स्वास्थ्यका लागि रक्सीभन्दा चुरोट बढी हानिकारक’
काठमाडौं : रक्सीको तुलनामा स्वास्थ्यका लागि चुरोट बढी हानिकारक हुने नेपाल नन् कम्युनिकेबल डिजिज् (एन्सीडी) अलाइन्सका अध्यक्ष तथा मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बताएका छन्।
नसर्ने रोग (नन् कम्युनिकेबल डिजिज)का विषयमा पत्रकारसँगको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै डा. रेग्मीले हाल नसर्ने रोगको जोखिम बढ्दै गएको उल्लेख गरे।
‘गाउँठाउँमा जाँदा रक्सी सेवनलाई ठूलो रुपमा लिएको पाइन्छ, चुरोटलाई भने सामान्य रुपमा लिइन्छ,’ उनले भने, ‘स्वास्थ्यको दृष्टिले हेर्दा चुरोटभन्दा रक्सी कयौं गुणा हानिकारक छ।’
कार्यक्रममा उनले मिडियामार्फत नसर्ने रोगको बारेमा मुद्दा उठाएर जनचेतना जगाउन सकेको खण्डमा नसर्ने रोग कम गर्दै जान सकिने बताए।
नसर्ने रोगको उपचारका लागि बिरामीले ठूलो धनराशि खर्च गर्नुपरेकाले रोग लाग्नै नदिनेतर्फ जनचेतना जगाउनुपर्ने आवश्यकता रहेको सरोकारवालाहरूको तर्क छ।
चैत २४, २०७९ शुक्रबार १०:३५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।