बालेन शाह र हर्क साम्पाङबीच पहिलो भेट

बालेन शाह र हर्क साम्पाङबीच पहिलो भेट

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)बीच पहिलोपटक भेट भएको छ।

काठमाडौं आएको समयमा राईले काठमाडौं महानगरका प्रमुख शाहसँग उनकै कार्यकक्षमा भेट गरेका हुन्।

उनीहरूबीचको भेटमा समग्र पालिकाको विकास र सहकार्यको विषयमा छलफल भएको प्रमुख शाहको सचिवालयले जनाएको छ।

गत बैशाखामा भएको निर्वाचनमा दुवैले स्वतन्त्र रुपमा उठेर पालिका प्रमुखका विजयी भएका थिए। दुवैबीच सामाजिक सञ्जालमा एक समय नोकझोँक पनि भएको थियो।

यद्यपि पछिल्लो समय सामाजिक सञ्जालमा पनि दुवैले एक अर्कालाई साथ दिएको र समर्थन गरेको देख्न सकिन्छ।

भेटमा धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघा पनि साथमै थिए। 

२१ चैत, २०७९, १६:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।