कोभिड संक्रमण देखिने बित्तिकै आइसोलेसनमा बसौं : स्वास्थ्य मन्त्रालय

कोभिड संक्रमण देखिने बित्तिकै आइसोलेसनमा बसौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको लक्षण देखिने बित्तिकैआइसोलेसनमा बस्न अनुरोध गरेको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड-१९ हुन सक्ने भएकाले सतर्कता अपनाउन र परीक्षण गराई आइसोलेसनमा बस्न सबैलाई आग्रह गरेको हो।

मन्त्रालयले पानीमा भिजेको, चिसो खाएको, धुलोमा गएको जस्ता बहाना गरेर नबस्न पनि अनुरोध गरेको छ।

नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी.१.१६ देखा परेको छ भने शून्यमा झरेको कोरोना भाइरसको संक्रमणको दर पनि अहिले बढिरहेको छ। 

चैत २१, २०७९ मंगलबार १३:३२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।