रविको राहदानीबारेको रिट सर्वोच्चमा दर्ता, भाेलि पहिलो सुनुवाइ

रविको राहदानीबारेको रिट सर्वोच्चमा दर्ता, भाेलि पहिलो सुनुवाइ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरूपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

युवराज सफलले आइतबार दिउँसो महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा दिएको रिट सर्वोच्च प्रशासनले दर्ता गरेको हो।

‘रिट दर्ताको क्रममा छौं,’ सर्वोच्चका प्रवक्ता विमल पौडेलले भने,‘भोलि पहिलो सुनुवाइ हुन्छ।’

चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध राहदानी दुरूपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए।

त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटनले लामिछानेविरूद्ध मुद्दा चलाउन आवश्यक नभएको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा बुझाएका थिए।

चैत २०, २०७९ सोमबार १४:०२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।