रग्बी खेलाडी पन्चमायाको प्रसव पीडा र खुशी : मुखबाटै बच्चा निस्केलाजस्तो लाग्थ्यो, छ महिनासम्म दाँत माझ्न सकिनँ
टोखामा जन्मिएकी पन्चमाया श्रेष्ठ रग्बी खेलाडी हुन्। विद्यालय जीवनदेखि नै खेलकुदमा रुचि राख्ने पन्चमायालाई सुरुमा त परिवारले साथ दिएन। उनलाई खेल जितेर पाएको मेडल समेत परिवारका सदस्यहरूबाट लुकाउनुपर्ने बाध्यता थियो। सानैदेखि उनलाई खेलकुदमा दौड खुबै मनपर्थ्यो। टोल स्तरीय, क्लब स्तरीय दौडमा सहभागी भइरहे पनि राष्ट्रिय खेलाडी बन्छु भन्ने लागेको रहेनछ उनलाई। बीबीएस पढ्ने क्रममा महिला रग्बी टिमको क्याप्टेन एलिसा थापासँग पब्लिक युथ क्याम्पसमा भेट भएपछि उनी यसमा लागेकी हुन्। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा नेपालको प्रतिनिधित्व गरिसकेकी पन्चमाया एक सन्तानकी आमा हुन्। उनै श्रेष्ठले उकेरासँग आफ्नो प्रसव पीडा र खुशी साँटिन्।
विभिन्न कारण, मैले धेरै विद्यालयहरूमा अध्ययन गरेँ। कुनै धेरै टाढा भएकाले त कुनैमा सोचेजस्तो पढाई नभएकाले। विद्यालय पढ्दा नै मलाई खेलकुदमा रुचि थियो। तर घरमा म खेलकुदतिर लागेको खासै राम्रो मान्नुहुन्नथ्यो। यतिसम्म हुन्थ्यो कि, दौड प्रतियोगितामा जितेर ल्याएको मेडल कहाँ लुकाउने भनेर तनाव हुन्थ्यो।
जब म बीबीएस अध्ययनका लागि पब्लिक युथ क्याम्पसमा भर्ना भएँ, मेरो संगत विभिन्न क्षेत्रका मानिसहरूसँग हुन थाल्यो। त्यहि क्रममा रग्बी एसोसियसन अन्तर्गत महिला रग्बी खेलाडी तथा अहिलेकी क्याप्टेन एलिसा थापासँग भेट भयो। उहाँले नै मलाई खेलकुदमा खुलेर लाग्न सहयोग गर्नुभयो।
मेरो परिवारमा सुरूमा त मान्दै मान्नुभएन। पछि रग्बीकै सरहरू गएर सम्झाउनुभएछ। अन्तर्राष्ट्रिय खेलका लागि केहि दिन मात्र बाँकी थियो। आमाले ‘आज दौडिन जाँदिनस्?’ भन्नुभयो। त्यो मेरो जिन्दगीकै सबैभन्दा खुशीको दिन थियो।
विवाह केही समयपछि कोभिड भयो। सबैतिर लकडाउन भयो। मलाई बच्चा जन्माउने यो नै सही समय हो भन्ने लाग्यो। हामी दुईले सल्लाह गर्यौं र बच्चाको योजना बनायौं।
खेलकुदमा करियर बन्न सुरू हुँदै थियो, तर विवाह गर्नुपर्ने परिस्थिति बन्यो। बुबाआमाले विवाहका लागि निकै कर गर्नुभयो। उहाँहरूले नै खोजेको केटासँग मेरो मागी विवाह भयो। त्यो पनि कुलघरबाट एक मिनेट, अहिलेको घरबाट १० मिनेट हिँडेर लाग्ने घरमा।
त्यति नजिकै हाम्रो घर भए पनि मेरो श्रीमान् रामशरण श्रेष्ठलाई मैले चिनेकै थिइनँ। लामो समय विदेश बसेर नेपाल आउनुभएकाले पनि हुनसक्छ। तर उहाँको काकाकाकीलाई चाहिँ चिनेको थिएँ। विवाह हुने पक्का भएपछि हामीले सोसल मिडियामा, फोनमा गफगाफ गर्यौँ।
विवाह भएपछि पहिलोपल्ट मैदान छिर्दा अनौठो लाग्यो। नेवार परिवारमा जन्मेकी म, छोरीले त हाफ कट्टु लगाउनहुँदैन। म त झन् बुहारी थिएँ। तर पनि मेरो श्रीमान् र परिवारले साथ दिनुभयो। पहिलोपटक हाफ कट्टु लगाएर मैदान छिर्न अफ्ठ्यारो लागे पनि बिस्तारै बानी पर्दै गयो।
अहिले हाम्रो विवाह भएको झण्डै तीन वर्ष भयो। तर, मेरो ममीलाई विवाह नभएर कतै गेम खेल्न गएको जस्तो लाग्छ रे। माइती नजिकै भएकाले पनि धेरै कुरालाई मैले सहज रूपमा लिन सकेँ।
विवाह केही समयपछि कोभिड भयो। सबैतिर लकडाउन भयो। मलाई बच्चा जन्माउने यो नै सही समय हो भन्ने लाग्यो। हामी दुईले सल्लाह गर्यौं र बच्चाको योजना बनायौं।
योजना बनाएजस्तै बच्चा पनि पेटमा आइहाल्यो। महिनावारी रोकिएको र योजना पनि बनाएकाले अस्पताल नगए पनि, चेकजाँच नगरे पनि मलाई म गर्भवती भएँ भन्ने थाहा भयो।
बच्चा पेटमा आएको दुई महिनातिर साथीभाइ, परिवारको साथमा मनकामना दर्शनका लागि गएकी थिएँ, त्यो पनि बाइकमा। मलाई अलि–अलि वाक्क–वाक्क आउन खोज्थ्यो तर त्यो बेलामा अन्य गाह्रो भएन।
पेट बढ्दै गएपछि सानो काम गर्न पनि गाह्रो हुन्थ्यो। माइतीको कसैसँग पनि लाज लाग्थेन तर अन्य चिनेका मानिसहरूदेखि भने लाज लाग्थ्यो।
बच्चा पेटमा आएको तीन महिनापछि मात्रै म थापाथली अस्पतालमा चेक गराउन गएँ। चिकित्सकले ढिला आएको भनेर गाली गर्नुभयो। म गर्भवती भएपछि परिवारको माया र साथ झन् धेरै पाएँ। उहाँहरू नयाँ मानिस परिवारमा आउँदैछ भनेर धेरै खुशी हुनुभयो।
बच्चा पेटमा आएको दिनदेखि ६ महिनासम्म मैले दाँत माझ्न सकिन। ब्रस मुखमा हाल्ने बित्तिकै बच्चा मुखबाट निस्केला जस्तो हुन्थ्यो। टुथपेस्टले हो कि भनेर बिना टुथपेष्ट पनि दाँत माझ्ने कोसिस गरेँ। तर सकिन। झण्डै ६ महिना दाँत नमाझेकाले मेरो तीनओटा दाँत किराले खायो। अहिले आरसीटी गर्नुपरेको छ।
बच्चा ६ महिनाको पुगेपछि भने मेरो तल्लो पेट दुख्न थाल्यो। चिकित्सकलाई देखाउँदा यस्तो हुन्छ, गर्भावस्थाको कारण हो भन्नुहुन्थ्यो। ६ महिनापछि मेरो ‘अल टाइम फेवरेट’ मासु खान सकिनँ। साग त मलाई पहिलेदेखि नै मन पर्थेन, त्यो समयमा त झनै हेर्नै मन लागेन। बच्चा जन्मेको तीन महिनापछि मात्रै मैले मासु खान सकेँ।
राती ३ बजेतिर हामी थापाथली अस्पताल पुग्यौँ। थापाथलीमा धेरैजसो विद्यार्थी नर्सहरू हुनुहुँदो रहेछ। उहाँहरू आउनुहुन्थ्यो अनि ठिक छ भनेर जानुहुन्थ्यो।
ममी, भाउजु, अनि यता सासुहरू। मलाई सल्लाह सुझाव र हेरचाहको कमी कत्ति पनि भएन। तर बेलामौकामा करियर सम्झेर भने डर लाग्थ्यो। अब के हुन्छ होला?, कसो गर्ने होला? भन्ने छटपटी हुन्थ्यो। करियरको चिन्ता लकडाउन भएकाले केहि हदसम्म कम भने थियो। तर मन मान्दैनथ्यो।
पेट बढ्दै गएपछि सानो काम गर्न पनि गाह्रो हुन्थ्यो। माइतीको कसैसँग पनि लाज लाग्थेन तर अन्य चिनेका मानिसहरूदेखि भने लाज लाग्थ्यो।
बच्चाले किक मार्दाको अनुभुति फेरि छुट्टै हुने रहेछ। आनन्द महसुस हुने। अनुभवी मानिसहरू वरपर भएकाले पनि होला बच्चाले लात मार्दा डर लागेन तर कहिलेकाहिँ लात नमार्दा भने डर लाग्थ्यो। बाहिर नआउँदा नै बच्चाको चिन्ता लाग्ने रहेछ। केहि भयो कि, केहि हुने हो कि जस्तो।
बच्चा जन्माउने मिति नजिकिँदै गर्दा एक रात अकस्मात पेट दुख्यो अनि पानी बग्यो। त्यतिबेला सायद रातीको १ बजेको थियो। मलाई सासुआमा सँग खासै कम्फर्टेबल हुँदैनथ्यो यो विषयमा कुरा गर्न।
त्यसैले ममीलाई फोन गरेँ। उहाँले बच्चा जन्मन आँटेको जस्तो छ, तयारी गर्दै गर आउँछु भन्नुभयो। म छेउमा सुतिरहनुभएको श्रीमानको निद्रा बिगार्न चाहँदैनथेँ। तर, मेरो छटपटीले आफैँ ब्युँझनुभयो। उहाँले सासु आमालाई बोलाउनुभयो।
सिनियर चिकित्सकका अनुसार पानी सबै बगेकाले बच्चा बसेको ठाउँ सुख्खा भइसकेको थियो रे। त्यस्तो समयमा बच्चाले पेटमै दिसा गरिदिने सम्भावना हुन्छ रे।
सबैले अब बच्चा जन्मन लाग्यो अस्पताल लैजानुपर्छ भन्न थाले। राती ३ बजेतिर हामी थापाथली अस्पताल पुग्यौँ। थापाथलीमा धेरैजसो विद्यार्थी नर्सहरू हुनुहुँदो रहेछ। उहाँहरू आउनुहुन्थ्यो ठिक छ भनेर जानुहुन्थ्यो।
तर मेरो फेरि एउटा कोठा नै भरिएलाजस्तो गरेर पानी बग्न थाल्यो। बिहान त्यतिबेला गएको मानिस नर्स आउने ठिक छ भन्ने जाने बाहेक अरु केहि भएन।
एक राउन्डमा सिनियर डाक्टर र नर्स आएका थिए। उनीहरूले मेरो कन्डिसन देखेपछि तुरुन्तै इमर्जेन्सीमा अप्रेसन कोठामा लगे। यता परिवारका सदस्यलाई ज्यान तलमाथि भयो भने जिम्मा छैन भनेर हस्ताक्षर पनि गराएछन्।
सिनियर चिकित्सकका अनुसार पानी सबै बगेकाले बच्चा बसेको ठाउँ सुख्खा भइसकेको थियो रे। त्यस्तो समयमा बच्चाले पेटमै दिसा गरिदिने सम्भावना हुन्छ रे।
अपरेशन थियटरमा लैजाने आधा घण्टा अगाडी मैले मेरो सर्जरी गरेर बच्चा जन्मँदैछ भन्ने थाहा पाएँ। मैले छोरी जन्माएँ। हाम्रो जिन्दगीमा लक्ष्मी आइन्। आमा बन्दाको त्यो क्षण निकै आनन्दको थियो। यो शब्दमा भन्नै नसकिने, अनुभूति मात्रै गर्न मिल्ने भावना रहेछ।
सिएस गरेर बच्चा जन्माइसकेपछि फेरि खेल क्षेत्रमा फर्कन नपाउने हो कि भन्ने चिन्ता थियो। तर परिवारको साथ सहयोगले म फर्किएँ। छोरी एक बर्ष भएलगत्तै मैले इन्डोनेसियमा भएको खेल खेलेर आएँ। तीन महिना तालिम गरेपछि मात्रै म खेलका लागि इन्डोनेसिया गएकी थिएँ।
सुरुमा खेलमा विदेश लैजान सरहरूले आनाकानी गर्नुभएको थियो। ‘स्वास्थ्यमा समस्या आउला, सानो बच्चा भएको मानिस’ भन्नुभएको थियो। तर गाइनोको चिकित्सकले केहि हुँदैन भन्नुभयो।
पूर्ण रूपमा स्वास्थ्य परीक्षण गराएर म खेलका लागि बाहिर गएकी थिएँ। त्योपछि भर्खरै नारी दिवसको दिन पनि हामीले आर्मी क्लबसँग प्रतिस्पर्धा गर्यौं। बिना तयारी लामो समयसम्म मैदानमा फुर्तिका साथ खेल खेलेँ। आमा भएपछि झनै फुर्तिलो भएको अनुभुति भएको छ।
यो पनि
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
चैत १९, २०७९ आइतबार १४:३८:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।