राष्ट्रपति पौडेल अस्पताल भर्ना, अस्पतालले निकाल्यो विज्ञप्ति

राष्ट्रपति पौडेल अस्पताल भर्ना, अस्पतालले निकाल्यो विज्ञप्ति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।

पेटमा समस्या भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन्। हाल उनको चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

शुक्रबार नयाँ मन्त्रीहरूलाई सपथ दिलाउनुपूर्व नै उनकाे असहजता महसुस गरेका थिए।  तत्काल चिकित्सकद्वारा जाँच र आवश्यक इन्जेक्सन लिएकाे दुई घण्टामा उनी शपथ ग्रहण गराउन उपस्थित भएका थिए।

त्यसकाे एक दिनअघि गरिएकाे रक्त परीक्षणपछि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना हुनुपर्ने सुझाव डाक्टरले दिएका थिए।

१९ चैत, २०७९, ०७:३९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।