लुम्बिनी सांस्कृतिक नगरपालिकाका अमिन निलम्बित

लुम्बिनी सांस्कृतिक नगरपालिकाका अमिन निलम्बित

बुटवल : लुम्बिनी सांस्कृतिक नगरपालिकाले नगरपालिकामा कार्यरत अमिन सागर बेबारे विकलाई निलम्बन गरेको छ।

गत चैत १४ गते बसेको कार्यपालिका बैठकले विकलाई दुई महिनाका लागि निलम्बन गरी आवश्यक छानबिन गर्ने निर्णय गरेको हो।

यस अघि २०७८ साल चैत २२ गते नगरपालिकाले विकलाई कार्य जिम्मेबारप्रति संवेदशील नभएको भन्दै सचेत गराएको थियो। 

तर, उनको कार्यशैलीमा सुधार नआएपछि कारबाहीको प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ।

जग्गा नापजाँच र नक्सापासका लागि आएका सेवाग्राहीसँग घुस लिएको उजुरी परेपछि नगरपालिकाले उनलाई सचेत गराएको थियो।

उनले केही दिनअघि जग्गा नापजाँचका विषयमा वडा नम्बर १ का अध्यक्ष सुरज जयसवालसँग वादविवाद भएको थियो।

सो क्रममा उनले  वडाध्यक्षलाई कार्यकक्षमै गालीगलौच र दुर्व्यवहारसमेत गरेका थिए।

१६ चैत, २०७९, १३:३९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।