बिहीबार पनि काठमाडौंका यी स्थानको सवारी आवागमन प्रभावित हुने

बिहीबार पनि काठमाडौंका यी स्थानको सवारी आवागमन प्रभावित हुने

काठमाडौं : काठमाडौंका केही स्थानमा आज (बिहीबार) पनि सवारी आवागमन प्रभावित हुने भएको छ।

सेतो मच्छिन्द्रनाथको रथ जात्राका कारण आज असनदेखि हनुमानढोका क्षेत्र वरपरको सवारी आवागमन प्रभावित हुने भएको हो।

बुधबार असन लगेर विश्राम दिइएको सेतो मच्छिन्द्रनाथको रथलाई बिहीबार असनदेखि केलटोल–ईन्द्रचोक–मखन हुँदै हनुमानढोका लगिने छ।

रथ यात्राको क्रममा आवागमनमा पूर्ण रोक लगाइने काठमाडौं महानगरपालिकाले जनाएको छ।

बुधबार रथ यात्राका कारण तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी, असन क्षेत्रको सवारी आवागमन प्रभावित भएको थियो।

असन पुगेपछि राष्ट्रपति रामचन्द्र पौडेलले मछिन्द्रनाथको दर्शन गरेका थिए। पौडेलले पुजारीको हातबाट प्रसाद ग्रहण गरेका थिए। 

बुधबारदेखि सुरु भएको सेतो मच्छिन्द्रनाथको रथयात्रा आइतबारसम्म चल्नेछ।

१६ चैत, २०७९, ०८:३३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।