युट्युबसँग टेलिभिजन डराएको भन्दै ओलीले भने' तर्सिनु पर्दैन, तीनले सूचना लिने टेलिभिजनबाटै हो'

युट्युबसँग टेलिभिजन डराएको भन्दै ओलीले भने' तर्सिनु पर्दैन, तीनले सूचना लिने टेलिभिजनबाटै हो'

बुटवल : पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले टेलिभिजनहरू युट्युब लगायत सामाजिक सञ्जालसँग डराउनु नपर्ने बताए। विकासका लागि सूचना तथा सञ्चार अभियान (इम्मोड) नेपाल लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औँ वार्षिक साधारण सभामा बोल्दै उनले टेलिभिजनबाट सामाजिक सञ्जालका प्रयोगकर्ताले सूचना पाउने गरेको दाबी गरे।

'युट्युब,टिकटक,फेसबुक लगायतले सूचना पाउने टेलिभिजनबाट हो। ती माध्यमहरू संस्थागत नभए ब्याक्तिगत रूपमा चलेका हुन्। टेलिभिजन डराउनुपर्दैन।'

उनले नेपालका टेलिभिजनले आफूलाई बदलिँदो टेक्नोलोजीसहित समयानुकूल ढङ्गले चलाउन सक्नुपर्ने बताए।

‘टेलिभिजनहरू युट्युब, टिकटक, फेसबुक आदिसँग तर्सिएको देख्छु’, ओलीले भने, ‘उनीहरूले टेलिभिजनकै समाचार सामग्री प्रयोग गरेका हुन्छन्। व्यक्तिगत ढङ्गले चलेका हुन्। टेलिभिजनहरू टीमवर्कमा चलेका हुन्छन्। सामूहिकतामा आधुनिक प्रविधि प्रयोग गर्दै इमानदार भएर काम गरे व्यक्तिले चलाउने युट्युब, टिकटक र फेसबुकसँग डराउन हुँदैन।’

१५ चैत, २०७९, १७:०७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।