थ्री नेसन्स कपमा नेपालविरुद्ध भुटानको अग्रता

थ्री नेसन्स कपमा नेपालविरुद्ध भुटानको अग्रता

काठमाडौं : थ्री नेसन्स कप फुटबल प्रतियोगितामा घरेलु टिम नेपालविरुद्ध पाहुना टोली भुटानले अग्रता बनाएको छ।

लिग चरणको अन्तिम खेलको १९औं मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गर्दै  टिमलाई अग्रता दिलाएका हुन्।

तीन राष्ट्र नेपाल, भुटान र लाओस सहभागी रहेको यस प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २-० गोलले पराजित गरेको थियो। लाओसले दोश्रो खेलमा भुटानलाई २-१ गोलले पराजित गरेको थियो।

आजको खेल नेपालले जिते दुवै खेल जित्दै अंकतालिकाको शीर्षमा रहेर फाइनलमा पुग्नेछ भने भुटान बाहिरिनेछ र लाओस दुईमध्ये एक खेलमा जितसहित फाइनल पुग्नेछ।

नेपाल र भुटानबीच हालसम्म भएका १२ खेलमा १३ खेल नै नेपालले जितेको छ। नेपालले आजको खेल बराबरी गरेमात्र पनि फाइनल पुग्न पर्याप्त हुनेछ।

सिंगल राउण्ड रोबिनको आधारमा भइरहेको यस प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते फाइनल खेल्ने छन्।

चैत १४, २०७९ मंगलबार १८:३२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।