मेक्सिकोको आप्रवासी हिरासतमा आगलागी हुँदा ३९ जनाको मृत्यु

मेक्सिकोको आप्रवासी हिरासतमा आगलागी हुँदा ३९ जनाको मृत्यु

एजेन्सी : मेक्सिकोको उत्तरी सहर सिउडाड जुआरेजमा रहेको एक आप्रवासी राखिएको हिरासतमा भीषण आगलागी हुँदा कम्तीमा ३९ जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी एएफपीका एक संवाददाताका अनुसार हिरासतको पार्किङमा अग्निनियन्त्रक र उद्धारकर्ताहरूले धेरै शवहरूलाई कम्बलले छोपेको देखिएको छ।

हिरासत अमेरिकाको टेक्सास राज्यको एल पासो शहरसँग मेक्सिको सिटी जोड्ने स्ट्यान्टन अन्तर्राष्ट्रिय पुलबाट केही मिटरको दूरीमा अवस्थित छ।

यसैबीच, केही रिपोर्टहरूमा आगलागी शौचालयबाट सुरु भएको बताएका छन्। समाचार एजेन्सी एपीले ३९ जनाको मृत्यु भएको र २९ जना घाइते भएको लेखेको छ। मृतक अधिकांश भेनेजुएलाका नागरिक छन्।

इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसनको तथ्याङ्कअनुसार सन् २०१४ यता त्यहाँ ७ हजार ६६१ आप्रवासीको मृत्यु वा बेपत्ता भएका छन्।

१४ चैत, २०७९, १७:४४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।