३५ दिनभित्र अनिवार्य कुकुर पालन अनुमति पत्र लिन तिलोत्तमा नगरको निर्देशन

३५ दिनभित्र अनिवार्य कुकुर पालन अनुमति पत्र लिन तिलोत्तमा नगरको निर्देशन

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरभित्र कुकुर पालनका लागि अब अनिवार्य रूपमा अनुमति पत्र लिनुपर्ने भएको छ।

घर पालुवा कुकुर भएमा ३५ दिनभित्र अनिवार्य रूपमा अनुमतिपत्र लिन निर्देशन दिँदै नगरपालिकाले बुधबार एक सूचना जारी गरेको हो।

समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाई अभियानको १००औं शृङ्खला पुगेको अवसरमा नगरपालिकाले वातावरण स्वच्छ राख्नका लागि घरपालुवा जनावरलाई समेत नियमन गर्न लागेको हो।

नगरपालिकाले चैत्र ८ गते एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अनिवार्य रूपमा घरपालुवा कुकुरका लागि अनुमतिपत्र लिन निर्देशन जारी गरेको हो।

नगरपालिकाको वेव साइट www.tilottamamun.gov.np मा गएर पशु एप डाउनलोड गरी अनलाइनबाट नै अनुमतिपत्र लिन सकिने व्यवस्था गरिएको जनाएको छ।

९ चैत, २०७९, १२:५१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।