पोखरामा नगर बसले ठक्कर दिंदा स्कुटर चालक युवतीको घटनास्थलमै मृत्यु

पोखरामा नगर बसले ठक्कर दिंदा स्कुटर चालक युवतीको घटनास्थलमै मृत्यु

पोखरा : पोखरामा नगर बसले आज (शुक्रबार) बिहान एक स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक युवतीको मृत्यु भएको छ।

चिप्लेढुंगामा ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

उक्त दुर्घटनामा परेर झापा दमक नगरपालिका-४ घर भई पोखरा ५ बस्ने २५ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

कार्कीको घटनास्थलमै मृत्यु भएको हो। उनको शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ। 

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वरिष्ठ प्रहरी नायव निरीक्षक शिवप्रसाद पाठकले जानकारी दिए । 

दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

३ चैत, २०७९, ११:३८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।