रविको दोहोरो राहदानीको फाइल सरकारी वकिलकोमा, प्रमाणबारे अध्ययन हुँदै

रविको दोहोरो राहदानीको फाइल सरकारी वकिलकोमा, प्रमाणबारे अध्ययन हुँदै

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको दोहोरो राहदानीको अनुसन्धान सक्किएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सक्काएर मुद्दा दर्ता प्रक्रियाका लागि फाइल सरकारी वकिलको कार्यालय काठमाडौँमा पठाएको छ।

फाइलमा अध्यागमन विभाग, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट लामिछानेबारे आएका प्रमाण र लामिछानेले दोहोरो राहदानीबारे निर्वाचन आयोग, सर्वोच्च अदालत अनि सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिलाई समेत प्रमाणको रुपमा लिइएको छ।

सरकारी वकिलले फाइल अध्ययनपछि प्रमाण नपुगेको हकमा पुन प्रहरीमा पठाउन पनि सक्छ। प्रमाण पुगेको अवस्थामा अभियोग पत्र बनाएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गर्न सक्छ।

सन् २०१४ मा अमेरिकी नागरिक बन्दै लामिछानेले अमेरिकी राहदानी लिएपछि पनि सन् २०१५ मा उनले नेपाली राहदानी बनाएका थिए। उनले राहदानी बनाएको तर सदुपयोग दुरुपयोग केही नगरेको र अमेरिकी नागरिकको कानुनी हक त्यागेपछि सोही राहदानी प्रयोग गरेको दाबी गरेका थिए।

 

चैत २, २०७९ बिहीबार २२:४२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।